धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
नवौं संस्करणको (एमपिएल ) मार्पाक प्रिमियर लिगको विजेता टिम थला बनेको छ । टिम थलाले टिम मार्पाकलाई फाइनलमा हराउँदै नवौं मार्पाक प्रिमियर लिगको पुन टिम थला च्याम्पियन बनेको हो । राजधानी काठमाडौंको टोखा नगरपालिका (३, भत्केको पुलस्थित फ्रेन्डस स्टार फुटसल प्रा।लि। मा सम्पन्न लिगमा साबिक मार्पाकका टिम मार्पाक, टिम थला, टिम भेट्रान्स, टिम बोराङ्ग, टिम पोल्चेत, टिम धारापानी, सिसिएम र म्याट गरी कुल ८ टिमको सहभागिता रहेको थियो, भने मार्पाकले उप – विजेतामा चित्त बुझाउँदा टिम बोराङ्ग भने तेस्रो बन्न सफल भएको हो । लिग विजेता बनेको टिम थलाले ट्रफीसँगै नगद, मेडल र प्रमाण – पत्र प्राप्त गर्यो, भने उप – विजेता बनेको टिम मार्पाकले पनि नगद, मेडल र प्रमाण – पत्र प्राप्त गर्यो र तेस्रो बनेको टिम बोराङ्गले समेत नगद पुरस्कार प्राप्त गर्यो ।त्यसैगरी, लिगको उत्कृष्ठ गोलकिपर टिम बोराङ्गका आयुश थापा मगर, उत्कृष्ठ डिफेन्स म्याटका प्रबिन अधिकारी र उत्कृष्ठ फरवार्ड टिम थलाका युकेश गुरुङ घोषित भए, उनीहरुलाई पनि आकर्षक गिफ्ट र प्रमाण – पत्रले पुरस्कृत गरिएको लिग संयोजक फणिन्द्र गुरुङले जानकारी दिए ।
लिगको पुरस्कार वितरण कार्यक्रममा भुतपुर्व सैनिक तथा प्रहरी संगठनका वाग्मती प्रदेश सह – सचिव नबिन कुमार अधिकारीको प्रमुख आतिथ्यता साथै समाजसेवी कर्णसिंह गुरुङको विशेष आतिथ्यता रहेको थियो, साथै कार्यक्रममा फुटसल लिगलाई सहयोग गर्नुहुने साबिक मार्पाकका विभिन्न समाजसेवी व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान समेत गरिएको थियो । मार्पाक भेट्रान्स फुटसल टिमको आयोजनामा साथै मार्पाक सामुदायिक क्लबको सह – आयोजनामा सम्पन्न प्रतियोगिताको अनलाइन पार्टनरहरुमा जन अपडेट, भिजन न्यूज नेपाल, धादिङ संचार र धादिङ पोष्ट साथै रेडियो पार्टनरमा निलकण्ठ एफ. एम. रहेको संयोजक गुरुङले बताए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |