धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को लिरिकल भिडियोु सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ ।
चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु समेटिएको छ । प्रस्तुत गीतमा राजेश पायल राईको स्वर र चन्द्रकुमार दोङको संगीत रहेको छ । सेलो सङ्गीतमा आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसँग रमाइरहेका देखिन्छन् तर भूकम्पपछि परिवारका सदस्य गुमाउनुपर्दाको दुःख र पीडाहरु पनि प्रस्तुत गरिएको छ ।
दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको अभिनय रहेको यस चलचित्रको निर्देशन फूलमान वलले गर्नुभएको हो । पटकथा लेखकसमेत रहनुभएका निर्देशक वल यो चलचित्रमा भूकम्पले तोडेको सम्बन्धलाई जोड्न गरिएको प्रयत्न हो भन्नुहुन्छ । ‘कन्टेन्ट’ प्रधान चलचित्रका रूपमा रहेको ‘नीरफूल’ मा विगतको त्यो त्रासदीपूर्ण भूकम्पमा आफूले पनि भोग्नुपरेको पीडालाई स्मरण गर्दै दर्शकले रुचाउनेमा उहाँको अपेक्षा छ ।
धादिङको रुवीभ्याली र रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौँमा छायाङ्कन गरिएको यस चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ । प्रमोद कार्कीले खिच्नुभएको यस चलचित्रमा सचिन घिमिरे एशोसिएट निर्देशक, निमेष श्रेष्ठको सम्पादन एवं अर्जुन पोखरेल तथा चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।
नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यस चलचित्रमा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको पनि अभिनय छ ।
सोनाम डोमा कार्यकारी निर्माता रहेको यस चलचित्रमा निर्माताका रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा र ईन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठलगायत हुनुहुन्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |