वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष धनेन्द्र धमलाले आफुले वडा अध्यक्ष भएबापत बर्षभरि प्राप्त गरेको सम्पुर्ण सेवा सुविधाबाट आफ्नो वडामा रहेका बिधालयका छात्र छात्राहरुका लागि शैक्षिक सामग्री बितरण गर्नुभएको छ ।
वडामा रहेको थुमिको गणेश मावि, आर्खेतको गण्डकी मावि, जामुनेको जामुने प्रावि, धारापानिको मनासलु आवि, बांसपुरको भवानि प्राविमा रहेको करिब ४०० बिधार्थिहरु माझ आज बिधालयमैं भव्य कार्यक्रम गरि शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेकपा एमाले आरुघाट गाउँसभा दलका नेता तथा वडा नं १० का वडा अध्यक्ष सन्जित श्रेष्ठ, वडा नं ६ का वडा अध्यक्ष राजिव गुरुङ समाजसेवि एवं बुद्विजिविहरु भिम धमला, कृष्ण काप्रि, कृष्ण धमला, मेन बहादुर अधिकारि, विशाल लामिछाने, राम कुमार श्रेष्ठ, प्रेम बराम, लगाएतको उपस्थिति रहेको थियो । वडा नं १० का अध्यक्ष श्रेष्ठले मन्तव्य व्यक्त गर्नुहुंदै वडा नं ४ का अध्यक्षले शैक्षिक क्षेत्रमा परिवर्तनको बिगुल वडा नं ४ बाट फुकेको र अब आरुघाट गाउँपालिकाको १० वटै वडामा यो सन्देस जानेगरि सबै वडा अध्यक्षले कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा वडा अध्यक्ष धमलाले शिक्षाको मन्दिरमा बलिरहेको दियोका रुपमा रहेका बिधार्थि हरुमाझ आफुले थोरै तेल थप्ने काम मात्रै गरेको र सबै जनप्रतिनिधि हरुले आ(आफ्नो ठाउँमा यसरी शैक्षिक क्षेत्रलाई महत्त्वका साथ प्राथमिकता दिंदा बर्सेनि गुणस्तरीय शिक्षाका लागि लाखौं बिधार्थिहरु देश बाहि जानुपर्ने अवस्थामा केही कमि आउने धारणा व्यक्त गर्नुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।