प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ । जिल्लाको नेत्रावती डबजोङ्ग गाउपालिकामा तेस्रो गाउपालिका स्तरिय सुन्दर हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ ।मार्पाक सामुदायिक क्लबको आयोजना, निरन्जना मा. बि. को संयोजन साथै गजकेशर थामे अधिकारी कल्याण समाजको मुख्य प्रयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा कुण्डलादेवी मा. बि. कि छात्रा युनिका श्रेष्ठ प्रथम भएकी छिन् । उनले नगद रु ३०००र सहित ( ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छिन्। त्यसैगरी चौतारा मा.बि. का पवन तामाङ्ग दृितिय भई नगद रु २०००र( ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त र निरन्जना मा. बि. का युनिका गुरुङ्ग तृतिय भई नगद १०००र सहित ( ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
साथै निमार्चोक आ. बि. का तारा बि. क. र मंगलादेवी मा. बि. का असिम था. म. क्रमश चौथो र पाचौ भए उनिहरुले नगद रु ५००-५००र प्रमाणपत्र प्राप्त गरे त्यसै गरि निरन्जना मा. बि. का अक्षरा अधिकारी छैटौ हुँदै आकर्षक गिफ्ट र प्रमाणपत्र प्राप्त गरे थिए। प्रतियोगितामा बाकी ४७ जना सहभागीहरुलाई पनि निरन्जना मा. बि. को तर्फबाट सान्त्वना पुरस्कार र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो ।
नेत्रावती डबजोङ्ग गाउपालिकाभित्रका बिध्यालयहरु मध्ये निरन्जना मा. बि. बाट २२ जना, चौतारा मा.बि. बाट १० जना, निमार्चोक आ. बि. बाट ९ जना, मंगलादेवी मा। बि। बाट ५ जना, कुण्डलादेवी मा. बि. बाट ४ जना, मार्पाक पोखरा आ. बि. बाट २ जना र थला आ. बि. बाट १ जना सहभागी रहेको प्रतियोगितामा कुल ५३ जना बिध्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपाली र अग्रेजी दुबै माध्यामबाट सम्पन्न प्रतियोगितामा गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता तथा वडा नं. १ का वडाध्यक्ष ठाकुर गुरुङ्ग विशेष आतिथ्यतामा श्री निरन्जना मा. बि. को प्राङ्गणमा सम्पन्न भएको मार्पाक सामुदायिक क्लबका अध्यक्ष शिव कार्कीले बताएका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |