कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
शशी अर्याल, शान्तबजार
मार्च ८ अर्थात् अन्तराष्ट्रिय नारी दिवस । संसारभर विभिन्न कार्यक्रम गरेर यस दिवस मनाउने गरिन्छ । आधा भन्दा बढी जनसंख्या महिलाले ढाकेको हाम्रो देश नेपालमा त झन् यो दिवस नमनाउने कुरै भएन । देशमा रहेका २७६ नगरपालिका मध्ये मेरो नगरपालिका नीलकण्ठ नगरपालिकामा पनि कूल जनसंख्याको करिब आधा हिस्सा महिलाले नै ओगटेको छ । देश विदेशमा उल्लासमय तवरले मनाइने नारी दिवस नीलकण्ठ नगरपालिकाले पनि भब्य रुपले नै मनाउने भयो ।
११३ औं नारी दिवसको उपलक्ष्यमा चरण चरणमा विभिन्न कार्यक्रम राखीभब्य र सभ्य तरिकाले नारी दिवस मनाउन मेरो नगरपालिकाले विभिन्न संघ संस्थालाई कार्यक्रममा उपस्थितिको लागि पत्र पठायो । महिला सहकारीबाट अन्तरक्रियात्मक कार्यक्रमको लागि एउटै संस्थाबाट ५ जनालाई आमन्त्रण गरिएको थियो । म पनि एक महिला सहकारीमा आबद्ध भएको नाताले ज्यादै खुशी भएं ।
अर्थतन्त्रको तेस्रो खम्बाको मान्यता दिए पनि सरकारले सहकारीलाई बिभेद गरेको आरोप लाग्ने गरेको समयमा स्थानीय सरकारले महिला सहकारीलाई यस्तो अवसर दिएकोमा नगरपालिका प्रति सम्मानभाव जागेर आयो । पत्रमा कार्यक्रम शुरु हुने समय दिउँसोको १ः०० बजे तोकिएको थियो । महिलाको सेरोफेरोमा अन्तरक्रियात्मक कार्यक्रम भएकोले पनि म व्यक्तिगत रुपमा पनि ज्यादै उत्साही थिएँ ।
यो वर्षको नारी दिवस सार्थक हुने भयो भन्ने पनि लागिरहेको थियो । कार्यक्रम शुरु हुने समय १ः०० बजे तोकिएको थियो । सोचें “नेपाली समय हो १ः३० सम्म पुग्नुपर्ला । चांडै पुगेर किन पर्खी बस्नु ?” फागुन २४ गते दिउँसो १ः१५ बजे स्कुटीमा एक अर्की सहभागीलाई राखेर कार्यक्रम स्थलतिर लागें ।
अन्तरक्रियाको लागि केही तयारीका साथ पनि गएकिले अलि उत्साही नै थिएँ । कार्यक्रम स्थल टाढा थिएन । १ः२० मै स्थल पुगियो । गेटमा पुग्दा ४/५ जना दिदी बहिनी बाहिरिंदै हुनुहुन्थ्यो । उहाँहरुले कार्यक्रम सिद्धिएको जानकारी दिनुभयो । हामीले अप्ठेरो महशुश ग–यौं । “२० मिनेटमै कार्यक्रम सिद्धियो ?” मेरो मुखबाट आवाज निस्कियो । “कहाँ हुनु, कार्यक्रम त बिहान ८ः०० बजेदेखी नै हो नि ।” एक पत्रकार बहिनीले भन्नुभयो । चिठी डाउनलोड गरिराखेकी थिएँ । कतै झुक्किएँकी भनेर हेरें । समय त दिउँसो १ः०० बजे नै थियो । ती बहिनीलाई भनें । उनले भनिन,् “बक्तिृत्वकला बिहान ८ः०० बजेदेखी र अन्तरक्रिया दिउँसो १ः०० बजेदेखी गर्ने भनेको रे बक्तृत्वकलामा मान्छे धेरै नभएर छिटो सिद्धिएकोले अन्तरक्रिया कार्यक्रम पनि अगाडि नै गरेको रे । ”
मझसंग भएँ । “मान्छे धेरै नभएर कार्यक्रम शुरु हुने निर्धारित समय अगाडि नै कार्यक्रम खत्तम ?को संग भयो त अन्तरक्रिया? यो कार्यक्रमको लागि त १ः०० बजेको समय दिइएको थियो । अन्तरक्रियाका सहभागी त धमाधम आउँदै थिए । स्मार्ट नगरपालिकात यस्तो पो हुँदो रहेछ त । समय अगावै काम खतम । हुनत २० मिनेट ढीलो पुग्नु मेरो गल्ती होला तर २० मिनेटमै सिद्धिने कस्तो अन्तरक्रिया गरेछ त मेरो नगरपालिकाले ?लक्षित बर्गले कति फाइदा लिन सके होलान् ?
नगरपालिकाको अरु कार्यक्रम पनि यस्तै होलाकि ?” मेरो मनमा यस्ता धेरै प्रश्नहरु उब्जिए । जे भएपनि मेरो नगरपालिका यति छिटो, छरितो र सक्रिय भएको देखेर चाहिं धेरै खुशी लाग्यो । शुभकामना ।।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।