प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ २९ माघ ।
गैर सरकारी संस्था महासंघ जिल्ला शाखा धादिङको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान वि.कले गैर सरकारी संस्थाप्रति सरकार सदैव उदार रहेको बताउनुभयो । गणतन्त्र ल्याउनका लागि गैर सरकारी संस्थाले खेलेको भूमिकाको उच्च प्रसंसा गर्दै कहिँ कतै कानूनी जटिलता एवं तीन तहका सरकारहरुको तालमेल नमिल्दा गैसस हरुलाई अप्ठेरो पर्ने गरेको बताउनुभयो ।
सामाजिक क्षेत्रमा हातेमालो गरेर अघि बढ्न सरकार तयार रहेको भन्दै उहाँले दूर दराजका क्षेत्रमा पनि गैसस हरुले सेवा दिनुपर्ने विचार व्यक्त गर्नुभयो । सरकारसंग समन्वय गरेर अघि बढेमा समाजमा प्रतिफल देखिनेगरी काम गर्न सकिने उहाँको भनाई थियो ।त्यसैगरी कार्यक्रममा पूर्व अध्यक्ष दामोदर अर्यालले सरकारको स्पष्ट नीति र दृष्टिकोणका कारण दिगो विकास लक्ष्य प्राप्ति गर्नका लागि असहज भईरहेको बताउनुभयो ।
सो अवसरमा गैसस महासंघ नेपालका अध्यक्ष शालिकराम दुवाडीले गैर सरकारी संस्थाहरुको कामलाई राज्यले मुल्याङ्कनमा कन्जुस्याई गर्न नहुने धारणा राख्नुभयो । त्यसैगरी उहाँले गैसस महासंघ नेपाल एउटा संगठन मात्र नभएर नेपालको नागरिक अभियान रहेको जानकारी दिनुभयो ।संस्थाका अध्यक्ष शालिकराम ढुवाडीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको प्रमुख अतिथि जिल्ला समन्यन समिति धादिङका उपप्रमुख कुलमान वि.क रहेका थिए भने विभिन्न संघसंस्थाका प्रमुख, संचारकर्मी र गैर सहकारी संस्था महासंघका धादिङका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |