वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ २१ माघ ।
धादिङको नीलकण्ठ नगरपालिकामा रहेको रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कूलले १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार धादिङबेसीमा सम्पन्न गरेको छ ।
विद्यालयको प्राङगणमा दोस्रो स्मारिका विमोचन, बालबालिकाको नृत्य ,नाटक र गायन प्रस्तुती, उत्कृट शिक्षक र अभिभावकलाई पुरस्कृत गर्दै विद्यालयले वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल संगिता श्रेष्ठले विद्यालयको भौंतिक अवस्था सुधार गर्न आफु हर तरहले लागि पर्नुको साथै शैक्षिक गुणस्तर अझै वृद्धि गर्न विद्यालयले नयाँ नयाँ कार्यक्रम र योजना ल्याउने गरेको बताउनुभयो । त्यसैगरी अभिभावकले समय समयमा विद्यालयमा निरिक्षण गरि वस्तुस्थितीको बारेमा जानकार हुनुपर्ने उल्लेख गर्नुभयो ।
सोही कार्यक्रममा विशिष्ट अतिथि एंव पूर्व अभिभावक निर्मला केसीले स्कूललाई आफुले विगतदेखि नै व्यत्तिगत तवरवाट समेत सक्दो सहयोग गरेको जनाकारी गराउदै अवका दिनमा पनि भौतिक एवं शैक्षिक गुणस्तर सुधारका लागी सहयोग निरन्तर जारी रहने उल्लेख गर्नुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षक र पाँच वर्षदेखि निरन्तर विद्यालयमा अध्यापन गराउने शिक्षकशिक्षिकाहरुलाई सम्पान गरेको थियो ।
उत्कृष्ट शिक्षकबाट सम्मानित हुनुहुनेमा नौ वर्षदेखि अध्यापन गराइराख्नुभएकी शिक्षिका प्रतिमा राई हुनुहुन्छ भने उत्कृष्ट अभिभावकहरुमा ज्ञानी सिंखडा र शोभा सापकोटा सम्मानित हुनुभएको छ ।
वार्षिक उत्सवमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी, अभिभावक, पुर्व शिक्षक शिक्षिकालाई सम्मानका साथै मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रमको सन्चालन शिक्षिका अमृता खतिवडाले गर्नुभएको थियो । २०६१ सालमा स्थापित विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।


मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।