प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१८ माघ ।
धादिङको सिद्धलेक गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा आज(बुधबार)देखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । माघ मसान्त भित्र स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरिसक्नुपर्ने जिल्ला खेलकुद विकास समिति धादिङको परिपत्र अनुसार प्रतियोगिता गर्न लागिएको हो ।
जिल्लाका अधिकांस स्थानीय तहले प्रतियोगिता गरिसकेका छन् ।सिद्धलेक गाउँपालिकाको आयोजनामा माघ १८ गते बुधबारदेखि २० गतेसम्म सिद्धलेक गापा–४ स्थित सलाङघाटमा रहेको जलेश्वरी माध्यामिक विद्यालयमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।१ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय रहेको सिद्धलेकले सबै विद्यालयहरुलाई सहभागि गराउने गरि तयारी गरेको गाउँपालिकाले जनाएको छ।
त्रिपुरासुन्दरी गाउँपालिकाले रानीपौवा मावि प्राङ्गणमामा आजदेखी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हुने भएको छ । १ निजी र ११ सरकारी गरी १२ वटा माध्यामिक विद्यालयबिच प्रतिस्पर्धा हुने छ माध्यामिक विद्यालय स्तीय हुने यस राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेलहरु हुने छन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |