प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१७ माघ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले शिक्षालाई निशुल्क बनाएको छ । कक्षा ११,१२ र क्याम्पस सम्मको शिक्षा निशुल्क बनाउने त्रिपुरासुन्दरी गाउँपालिका जिल्लामै पहिलो स्थानिय तह बनेको छ ।निशुल्क शिक्षा सम्बन्धी कार्यबिधी २०७९ बनाएर गाउँपालिकाले ११,१२ र क्याम्पस पढ्ने विद्यार्थीहरुलाई निशुल्क शिक्षा प्रदान गरीएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जानकारी दिनुभयो ।
कक्षा ११,१२ र क्याम्पस सम्मको शिक्षा निःशुल्क दिने घोषणा अनुसार गाउँपालिकाले शुल्क बेहोर्न थालेपछि बिद्यार्थीले निशुल्क पढ्न पाएका छन। आर्थिक अभावका कारण बिचमै पढाई छोड्ने दर घटाउन र शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले गाउँपालिकाले निशुल्क शिक्षा प्रदान गरेको उप्रेतीले बताउनुभयो ।
त्रिपुरासुन्दरी गाउँपालिका भित्रका ११ वटा मावि र २ वटा क्याम्पस मा अध्ययन गर्ने ६ सय ७५ जनाले निशुल्क शिक्षा लिईरहेका त्रिपुरासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा युवा तथा खेलकुद शाखाका श्रोत व्यक्ती नवराज पाठकले जानकारी दिनुभयो ।प्रति विद्यार्थी ११,१२ विद्यार्थीहरुको लागि माशिक पाँच सय र क्याम्पसको लागि मासिक सात सय रुपैँया गाउँपालिकाले विद्यालयको खातामा जम्मा गर्ने गरेको पाठकले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।१२ महिनाको प्रति विद्यार्थी बापतको पैसा विद्यालयकै खातामा जम्मा हुनेछ।
विचमा पढाई छाडेकाहरु,बिहे गरेर बसेकाहरु पनि निशुल्क शिक्षा पाउने भएपछि विद्यालय आउन थालेका छन्। विद्यार्थीलाई माथिल्लो कक्षामा टिकाउन चुनौती बढ्दै गएको बेलामा पालिकाले निशुल्क शिक्षा प्रदान गर्नेभएपछि विद्यार्थीहरु बढ्न थालेका शिक्षा शाखा प्रमुख पाठकले बताउनुभयो ।
निर्वाचन अघि आफुले शिक्षामा निशुल्क गर्ने बताए अनुसारनै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्न थालेको पालिका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो ।६ सय ७५ जना विद्यार्थीको मासिक शुल्क गाउँपालिकाले तिरिरहेको छ । पाठ्यक्रम, पाठ्यपुस्तक, विद्यालयको भौतिक सुविधा, पठनपाठनको वातावरण एवं मूल्यांकनले गुणस्तरीय शिक्षामा भूमिका खेल्ने भएकाले त्यसतर्फ गाउँपालिकाले काम गरीरहेको पाठकले बताउनुभयो ।
आर्थिक वा सामाजिक कारणले शिक्षा लिनबाट वञ्चित भएका, विद्यालयसम्म पहुँच नपुगेकाहरूका लागि पनि त्रिपुरासुन्दरी गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको अध्यक्ष राजु उप्रेतीले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |