कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,९ माघ
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयको बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा आज बजार क्षेत्र सरसफाई गरीएको छ । विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठ,संयोजक शशी अर्याल लगायत शिक्षकहरुको नेतृत्वमा बजार क्षेत्रको विच बजार,शान्त बजार,पुछार बजार,सिरान बजार लगायतको बजार क्षेत्र भित्र सरसफाई गरीएको हो ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागितामा बजार सरसफाई गरीएको हो । विद्यार्थीहरुलाई सामाजिक काममा अग्रसर गराउनुका साथै बजार क्षेत्रलाई स्वच्छ र सफा बनाउने अभियानले विद्यालयको बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा सरसफाई गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विहान ७ बजेदेखी सुरु भएको सरसफाई बिहान ९ बजे सकिने छ ।२४ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा माघ १० गते बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरीएको छ । बिहान १० बजदेखी ४ बजेसम्म हुने रक्तदान कार्यक्रममा सहभागि हुनको लागि विद्यालय प्रशासनले सबैलाई आग्रह गरेको छ । यसैगरी माघ ११ गते लोकनृत्य प्रीतयोगिता,बधाई र सम्मान कार्यक्रमको आयोजना गरीएको छ ।

यसैगरी माघ १२ गते बिहिबार पुछार बजारबाट र्याली सहित विद्यालयमा पुगेर अभिभावक नृत्य तथा सम्मान कार्यक्रममा परिणत हुने विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।







मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।