प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,७ माघ ।
गाउँपालिका भित्रका विद्यालयको शैक्षिक सुधार गर्नको लागि गाउँपालिका तयार रहेको गाउँपालिका अध्यक्ष याम नाथ दनैले बताउनु भएको छ । शिक्षा सुधार गर्न सकेमात्र विकास सम्भव हुने भन्दै यसको लागि गाउँपालिका तयार रहेको बताउनु भएको छ।समाजवाद उन्मुख शिक्षाको आधार, गुणस्तरिय शिक्षाका लागि पूर्वाधार एवम् सिकाइ उपलब्धिमा व्यापक सुधार भन्ने मूल मर्मका साथ पिनाकल कलेज लगनखेल,ललितपुरले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष दनैले सो कुरा बताउनु भएको हो।
शैक्षिक सुधार गर्न विशेषगरी प्रधानाध्यापकहरुको बढी भूमिका रहेको भन्दै संक्रिय भएर काम गर्नको लागि आग्रह गर्नुभयो ।गाउँपालिकाले गर्ने काममा कुनै कसुर नराख्ने भन्दै शिक्षा सुधार गर्ने योजना लिएर पालिका आएर सहयोग गर्ने बताउनुभयो । कहि विद्यालय समायोजन गर्नुपर्ने छ,कतै दरबन्दि मिलान गर्नु पर्ने भन्दै शिक्षा क्षेत्रको समस्या सुधार गर्नको लागि आफु तयार रहेको बताउनुभयो ।
अहिले ज्वालामूखी गाउँपालिकाका वडा नम्बर १,२ र ३ वडा अन्तर्गत रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान सुरु भएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत ज्वालामुखी गाउँपालिकाका तिन वटा वडा अन्तर्गतका विद्यालयहरुमा शैक्षिक स्तर सुधारका लागि पिनाकल कलेज लगनखेल, ललितपुरले सहयोग गरिरहेको क्याम्पस प्रमुख डाक्टर ऋषिप्रसाद तिवारीले बताउनुभयो।धादिङको ज्वालामुखी गाउँपालिकाका तिन वटा वडाबाट शुरु गरेका छौं।उहाँले भन्नुभयो,– ‘धादिङका सबै विद्यालयमा यस कार्यक्रम पु¥याउँछौं ।अहिले नुमनाको रुपमा ज्वालामुखीका केहि विद्यालयहरुमा थालनी गरेका छौं । सामुदायिक विद्यालय गुणस्तरिय शिक्षा प्रदान गर्छ भन्ने विश्वास आम नागरिकमा पु¥याउनु पर्छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |