प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,५ माघ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले पालिका भित्रको कृषियोग्य जमिनको माटो परिक्षण गर्ने कार्य सुरु गरेको छ।कृषि उत्पादनमा कमि आउन थालेपछि गाउँपालिकाले अभियाननै बनाएर माटोको परिक्षण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जानकारी दिनुभयो।गाउँपालिका भित्रका प्रत्येक वडामा किसानहरुको निशुल्क माटो परिक्षण गर्ने कार्य सुरु भएको उप्रेतीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो।
गाउँपालिकाको सबै वडाको कृषियोग्य जमिनको माटो परिक्षण गराएर माटो सुहाउँदो कृषि खेति मार्फत कृषि उत्पादनलाई बढवा दिने स्थानीय सरकारको नीति बमोजिम माटो परिक्षण सुरु गरिएको हो।गाउँपालिकाको सहयोगमा सल्यानटार सानाकिसान कृषि सहकारी संस्थाको सहकार्यमा बुधबार वडा नम्बर १ बाटा माटो परिक्षण कार्य सुरु भएको हो।बिहिबार वडा नम्बर २ मा माटो परिक्षण कार्य सुरु हुदैँछ ।

पहाडी क्षेत्रमा खेतियोग्य माटोको पि एच मान ८ हुनुपर्नेमा सल्यानटारको पि एच मान सरदर ४.५ देखिएको छ ।खेतियोग्य माटोको नियमित परीक्षण र उपचार नगर्दा उत्पादनमा समस्या देखिएको कृषि प्राविधिक बद्री नारायण महतोले बताउनुभयो ।नेपाल सरकारले सिफारिस गरेको कृषि चुन प्रयोग गरि माटोको उपचार गरे पुनः उर्वराशक्ति बढाउन सकिने कृषि प्राविधिकको भनाई छ ।

किसानको माटोको उर्वराशक्ति घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले सबै वडाको माटो परीक्षण गराउने र उपचारकालागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । गाउँपालिकाले बनाएको योजनामा सहभागी हुन अध्यक्ष उप्रेतीले आग्रह पनि गर्नु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |