धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,३० पुस ।
गल्छि गाउँपालिका वडा नम्बर ८ मा रहेको बाघ बच्छला महादेवको मन्दिरमा क्षमा पुजा गरीएको छ।केहि बर्ष अघि पनि गाउँगा दिउँसै बाघ आउन थालेपछि यस्तै पुजा गरेपछि बाघले दुख नदिएको स्थानीय नवराज रेग्मीले जानकारी दिनुभयो।विशेष गरी बाघ बच्छला महादेवको मन्दिरमा पुजाआजाको विधि विग्रीदा बाघले दुख दिने गरेको धार्मिक विश्वार रहिआएको रेग्मीले बताउनुभयो।
विशेष गरी बाघ र बाछीसँग जोडिएको धार्मिक कथन अनुसार पुजाको विधि बिग्रीयो भने दिउँसै बाघ आउने,कराउने,गाउँमा बस्ने र दुख दिने गरेको किंवदन्ती रहेको छ।यसबर्ष पनि गाउँमा बाघ आएर दुख दिने गरेपछि सामुहिक रुपमा बा्रमण बोलाएर क्षमा पुजा गरीएको हो।गल्छि गाउँपालिका वडा नम्बर ८ को चुली,सिम्पानी,डाँडागाउँ,नयाँगाउँ,नेपाल थोक लगायतका स्थानीयहरु मिलेर रुद्री पुजा सहित क्षमा पुजा गरीएको स्थानीय रामबहादुर थापाले बताउनुभयो ।
गल्छि गाउँपालिका वडा नम्बर ८ मा रहेको बाघ बच्छला मन्दिरमा आफुले जे माग्यो उहि पुग्ने धार्मिक विश्वास रहेको छ ।गल्छि बजारबाट ४५ मिनेटको सवारी साधनबाट पुग्न सक्ने उक्त मन्दिरको प्रचार प्रसार तथा पुर्ननिर्माणको लागि पालिकाले खासै ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |