धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,३०पुस ।
धादिङबेसीमा विपद पुर्व तयारी तथा प्रतिकार्यको लागि संयुक्त अभ्यास अग्नि निययन्त्रण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना, श्री शिवदल गण गजुरी व्यारेक धादिङको व्यवस्थापन तथा नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल स्काउट र नेपाल रेडक्रस सोसाईटी धादिङको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आगो लागिबाट हुने क्षती कम गर्ने र जोखिम न्युनिकरण गर्ने विषयमा अभ्यास गरिएको थियो । हरेक घरमा ग्यासको प्रयोग गर्ने हुनाले ग्याँस लिक भएमा कसरी यसको नियन्त्रण गर्न सकिन्छ वा जोखिमलाई न्युनीकरण गर्न सकिन्छ भन्ने उद्श्यले कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति नारायन तिमल्सिनाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति नारायण तिमल्सिना, श्री शिवदल गण सुरक्षा गुल्म धादिङका परिवार, युवा रेडक्रस सर्कलका विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |