तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ,२५ पौष ।
नेपाल विद्यार्थी (ने.वि) संघको निलकण्ठ बहुमुखी क्याम्पसमा क्रियाशिल सदस्य भेटघाट ,छलफल तथा चियापान कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेविसंघको अवस्था र अब कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल भएको उक्त कार्यक्रमको आयोजना नेपाल विद्यार्थी संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाईले गरेको हो ।
कोहि बिद्यार्थीलाई केही अफ्ट्यारो भए जिल्लाबाट आफू साथ दिन तयार भएको र नेपाल विद्यार्थी ने.वि संघले जहिले पनि विद्यार्थीको हक हितको लागि काम गर्दै आएको नेपाली कांग्रेस धादिङका क्षेत्रीय सभापति राकेश धामलाले बताउनुभयो । उहाँले नेपाल विद्यार्थी संघ देशको नै ठुलो संगठन रहेको दाबी गर्दै कार्यक्रममा शैक्षिक गुणस्तर शिक्षाको लागि नेपाल विद्यार्थी ने.वि संघलाई स्वयु चिनावमा जिताउन आवश्यक रहेको बताउनुभयो ।
प्रजातान्त्रिक सङगठन रोज्नु बिद्यार्थीको गौरवको बिषय भएकाले आफ्नो अधिकारको कुरा निर्धक्क राख्न सक्ने क्षमता नेपाल बिद्यार्थी संघको सङगठनमा भएको निलकण्ठ बहुमुखी क्याम्पस इकाईको अध्यक्ष कविराज श्रेष्ठको भनाइ छ । नेपाल विद्यार्थी ने.वि संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाईको अध्यक्ष श्रेष्ठकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस धादिङका क्षेत्रीय सभापति धामलाको प्रमुख अथिर्ता रहेको थियो ।
त्यसैगरी कार्यक्रममा नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष रामप्रसाद अधिकारी , नेपाल विद्यार्थी (ने.वि) संघ निलकण्ठ बहुमुखी क्याम्पस इकाईको पुर्व अध्यक्ष इश्वर अधिकारी ,भिम भट्ट स्ववियु सभापति सरोज पाण्डे, ने. वि संघका नेता रोशन कोइराला र नेपाल विद्यार्थी ने.वि संघ निलकण्ठ बहुमुखी क्याम्पसको सदस्य लगायतको सहभागीता रहेको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |