धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.का संचालकहरुलाई क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।
सहकारीको २५ औ बार्षिक साधारण सभाबाट नवनिर्वाचित ८ औ सन्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति सदस्यहरुलाई धादिङको सल्यानटारमा उक्त तालिम दिएको हो ।
संस्थाको अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षता तथा त्रिपुरासुन्दरी गाउँ पालिका अध्यक्ष राजु उप्रेतीको प्रमुख आथित्यता तालिमको सुभारम्भ गरिएको हो । तालिमको उद्घाटन सत्रमा त्रिपुरासुन्दरी गाउपालिकाका उपाध्यक्ष देवराज धरेल, धादिङ बचत तथा ऋण सहकारी संघको अध्यक्ष नवराज शर्मा, संस्थाको निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रदिप अधिकारीको आथित्यता रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा त्रिपुरा सुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेतीले श्रोत परिचलन साकोसले सहकारी अभियानमा पुराएको योगदानको स्मरण गर्दै सहकारीको माध्यम बाट पालिकाको उध्यमशिलता, उत्पादन र रोजगारी सृजना हुने बिस्वास व्यक्त गर्दै श्रोत परिचालन साकोस सग सहकार्य गर्न पालिका तयार रहेको बताउनु भएको छ ।
त्यसै गरी त्रिपुरासुन्दरी गाउपालिकाका उपाध्यक्ष देवराज धरेलले श्रोत परिचालन साकोस धादिङ जिल्लाको मात्र नभई देशकै नमुना सहकारी भएकोले धादिङका जनताहरुले श्रोत परिचालन साकोषले गाउँ गाउँमा पनि सेवा दिएकोले गर्व गर्नुपर्ने बताउनु भएको छ ।
क्षमता अभिवृद्धि तालिम त्रिपुरासुन्दरी १ सल्यानटार भिलेज रिर्सोटमा यहि पौष १८ गते सम्म सन्चालन हुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |