प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,७ पुस
नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ कटुञ्जेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष हरि अधिकारीकोे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता,गाउँपालिकाका उपाध्यक्ष सिता मायाँ चोदेन(गुरुङ)को विशेष आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह तथा गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङको विशेष आतिथ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

प्रत्यूष नेटवर्क प्रा.ली.ले समन्वय गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,उपाध्यक्ष सिता माया गुरुङ,प्रमुख प्रशासकीय अधिकृत हरेराम साह र वडा अध्यक्ष हरि अधिकारीले जवाफ दिनुभएको थियो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले वडामा आएको बजेटलाई सदुपयोग गरी विकास निमार्णको कामलाई तिव्रता दिनको लागि आग्रह गर्नुभयो ।

उहाँले संघ तथा प्रदेशमा समन्वय गरेर बजेट ल्याएर नमुना पालिका बनाउने सोच रहेका हुँदा जनप्रतिनिधि तथा कर्मचारीहरुको काम कारबाहीमा केहि गुनासो भए आफुलाई जानकारी दिन समेत नागरिकहरुलई आग्रह गर्नुभयो ।कार्यक्रममा नेत्रावती डवजोङ गाउपालिका उप प्रमुख सिता माया गुरुङले महिला तथा बालबालिकाको क्षमता वृद्धिको लागि आफुले विभिन्न तालिमहरु सञ्चालन गर्ने बताउनुभयो। भएका विकास निर्माणको कामलाई गुणस्तरीय बनाउने र बनेका संरचनाहरुको संरक्षण गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले शुसासन,पारदर्शीता र जवाफ देहिता निमित्तको लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरीएको स्पष्ट पार्नुभयो । यसैगरी वडा नम्बर ५ का वडा अध्यक्ष हरि अधिकारीले चालु आर्थिक वर्षमा वडामा आएको योजना,बजेट र भएका विकास निर्माणको गतिविधिको बारेमा जानकारी गराउदै सामाजिक सुरक्षा भत्तालाई पहिलो प्रथामिकतामा राखेर ३ –३ महिनामा प्रत्यक टोल टोललमा गएर वितरण गर्ने र वडाबाट प्रवाह हुने सेवा सुविधालाई थप चुस्तदुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |