वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१ पुस ।
धादिङबेसीमा शुक्रबारदेखी वित्तिय साक्षरता प्रशिक्षक प्रशिक्षण सम्बन्धी ४ दिने तालिम सुरु भएको हो । सहकारीका शेयर सदस्यहरुलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी गराउने उदेश्यले आयोजित तालिममा जिल्लाभरबाट २३ जनाको सहभागिता रहेको छ।सहकारीमा आवद्ध भएका सदस्यहरुको धारणा परिवर्तन गरी बित्तय सेवामा पुहँच पु¥याउने,वित्तिय साक्षरता गराउने र सहकारी सम्बन्धि शिक्षा दिने उदेश्यले तालिमको आयोजना गरीएको धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले विपन्न वर्गहरुलाई पहुँचमा पु¥याउनको लागि सहकारीको महत्वपूर्ण भुमिका रहेको भन्दै सहकारीहरुको व्यवस्थापन र सहयोग गर्नको लागि नगरपालिका तयार रहेको बताउनुभयो।सहकारीको कारणले महिलाहरुमा शसक्तिकरण बढेको भन्दै कयौँ संस्थाहरुको नेतृत्व महिलाहरुले गरीरहेको बताउनुभयो।विपन्न वर्गहरुलाई आर्थिक पहुँचमा पु¥याउनको लागि सहकारीले भुमिका खेल्नुपर्ने भन्दै सहकारीमा देखिएको समस्याहरुलाई हल गरेर जानुपर्ने बताउनुभयो ।

धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। संघका सचिव शान्त विक्रम बाँनियाले सन्चालन गर्नुभएको उद्घाटन समारोहमा संघका उपाध्यक्ष चमेली बगाले काप्रीले स्वागत मन्तव्य राख्नुभएको थियो।चार दिन सम्म सन्चालन हुने तालिममा वित्तिय साक्षरता विशेषज्ञ विनोद अधिकारीले सहजीकरण गर्नुहुने छ । तालिमको प्राविधिक सहयोग भने राष्ट्रिय सहकारी बैंकले गरेको संस्थाका सचिव शान्त विक्रम बाँनियाले जानकारी दिनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।