प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,२७ मंसिर ।
बुढिगण्डकी जलबिद्युत आयोजनाको कार्यलाई द्रुत गतिमा अगि बढाउन धादिङ र गोरखाका जनप्रतिनिधिहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरेका छन् ।धादिङ बाट सघिय सांसदमा निर्वाचित रामनाथ अधिकारीको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले प्रचण्डलाई भेट गरी बुढिगण्डकी जलबिद्युत आयोजनाको कार्यमा चिन्ता र चासो ब्यक्त गर्दै आयोजना तत्काल अगाडी बढाउन सहयोग गरिदिन आग्रह गरिएको छ ।
प्रचण्ड संग भएको भेटमा आयोजनालाई प्राथमिकतामा राखेर काम गर्न एक “द्रुत कार्यन्वयन मार्गचित्र” बनाउन गोरखा र धादिङका स्थानिय,प्रदेश र संघिय सांसद सहित उपस्थितिमा आयोजना स्थल आसपासमा बिज्ञ टोली सहितको सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र सो गोष्ठी पश्चात आयोजनाको निर्माण कार्य तत्कालै शुरुवात गर्ने, आयोजनाबाट प्रत्यक्ष रुपमा बिस्थापित नागरिकको पूनर्वास कार्यक्रम शुरूवात गर्ने र मुआब्जा वितरणमा देखिएको त्रुटिलाई तत्काल सच्याउनको लागि आवश्यक परामर्शको साथै अब बन्ने संघीय सरकारले यो आयोजनालाई द्रुतगतिमा अगाडी बढाउनको लागि आवश्यक ऐन कानुन निर्माण गर्न तथा बजेट विनियोजन गराउने बिषयमा छलफल भएको नेपाली काग्रेस धादिङका सह सचिव नवराज तिमल्सिनाले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट गर्न धादिङ बाट संघिय सांसद रामनाथ अधिकारी,ज्वालामुखी गाउपालिकाका अध्यक्ष यमनाथ दनै,त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेती, गंगाजमुना गाउपालिकाका अध्यक्ष भक्त बहादुर लामा,नेत्रावती डवजोङ गाउपालिकाका अध्यक्ष मेघनाथ रिजाल,नेपाली काग्रेस धादिङका सह सचिव नवराज तिमल्सिना,ज्वालामुखी गाउपालिकाका पुर्व अध्यक्ष विनोदराज तिमल्सिना र गोरखाबाट राजेन्द्र बजगांई सहितको टोली गएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |