वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१८ मंसिर ।
कला –संस्कृतिको जगेर्ना गर्नको लागि नीलकण्ठ नगरपालिका तयार रहेको नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएको छ।कलाकार राष्ट्रको गहना भएकोले उनीहरुको हक अधिकारको लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनु भएको छ ।राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान धादिङको ७ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुदै मेयर ढुंगानाले विकासको सुचक मध्ये कला,संस्कृति,परम्पराको रक्षा गर्नुपर्ने विकासको सुचक भएको भन्दै त्यसतर्फ नगरपालिकाले काम गरीरहेको बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका ढुंगानाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको राष्ट्रिय महाधिवेशन धादिङमै गर्नको लागि पनि आग्रह गर्नुभएको छ। राष्ट्रिय महाधिवेशन लागि नीलकण्ठ नगरपालिकाले सहयोग गर्ने भन्दै त्यसको तयारीको लागि काम गर्नको लागि आग्रह गर्नुभयो।
आफुले नीलकण्ठको विकासको लागि काम गरीरहेको भन्दै उहाँले कला र सस्कृति विकास गर्नको लागि नीलकण्ठ नगरपालिकाले नीलकण्ठ प्रतिष्ठाननै बनाएर काम गरीरहेको बताउनुभयो।यसैगरी कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्माले कलाकारहरुको हक अधिकार तथा कला र संस्कृति रक्षाको लागि स्थानीय तहले भुमिका खेल्ने बताउनुभयो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका अध्यक्ष कमला थापा गैरेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नगर प्रमुख भीम प्रसाद ढुंंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी,लगायत प्रतिस्ठानका केन्द्रिय,प्रदेश तथा जिल्ला तहका कार्यसमितिका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरुले आ–आफ्नो प्रस्तुती राख्नु भएको थियो ।साथै सिन्धुली जिल्लाको बाजा समुहलाई नीलकण्ठ नगरपालिकाले नगद १० हजार स्वरुप मायाँको चिनो नगर प्रमुख ढुंगानाले प्रदान गर्नुभएको छ ।प्रतिष्ठानको केन्द्रिय अधिवेशन पनि धादिङमै गर्ने तयारी भईरहेको छ।।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको सातौ अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुनेछ ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।