वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,१७ मंसिर
अपाङ्गता मैत्री संरचना र व्यवहारका लागि सकारात्मक भुमिका खेल्ने नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले प्रतिवद्धता जनाउनुभएको छ । अपाङ्ग कल्याण संघको आयोजनामा नीलकण्ठ नगरपालिकाको समन्वयमा ३१ औं अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा स्थानीय तहहरुमा हुने विकास तथा रुपान्तरणलाई प्रविधिमैत्री र पहँुचयुक्त बनाउन सरोकारवालाहरुको भूमिका विषयमा भएको अन्तरक्रियामा प्रमुख वक्ताको रुपमा उपप्रमुख विश्वकर्माले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा जनप्रतिनिधिहरुले अपाङ्गता मैत्री संरचना र वातावरण निर्माण गर्नमा पहल गर्ने, विभेद नगर्ने, समावेशी र समतामुलक समाजका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्रतिनिधित्व गराउनका लागि वकालत र पैरवी गर्ने, अपाङ्गता परिचयपत्र प्राप्त गर्ने प्रक्रियाबारे जनचेतना फैलाउने, स्थानीय सरकारमा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका निम्ति बजेट विनियोजनका निम्ति भुमिका खेल्ने लगायतका विषयमा छलफल भएको थियो ।

सहभागिहरुले राज्य व्यवस्था बदलिए पनि सोच बदलिन नसक्दा अपाङ्गता भएका व्यक्ति प्रतिको दृष्टिकोण अझै सकारात्मक बन्न नसकेको बताउनुभएको थियो ।उनीहरुले अपाङ्ग मैत्री कुराहरु कागजमा सिमित भएको तर व्यवहारमा नदेखिएको भन्दै जनप्रतिनिधिहरुसँग गुनासो गर्नुभएको थियो । अपाङ्गता भएका व्यक्तिहरु हरेक क्षेत्रबाट अझै पनि बञ्चित हुनु परेको र भएका प्रावधानको बारेमा पनि जानकारी नहुँदा अवसरबाट बञ्चित हुनु परेको सहभागीहरुको भनाई थियो।

अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने सेवा सुविधाहरु, अपाङ्गताको वर्गिकरण र प्रकार, अपाङ्गता मैत्री भौतिक संरचना र संचार पहुँचयुक्तता, अपाङ्गता परीचय पत्र र यसको महत्व अपाङ्गताको सवाल, महिला विरुद्ध हुने सबै किसिमका विभेद अन्त्य गर्ने सम्बन्धी महासन्धी र अपाङ्गता भएका महिलाको सवाल लगायतका विषयमा सरोकारावाला निकाय सहित व्यापक छलफल गरिएको थियो ।

अपांग कल्याण संघका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उप मेयर दिपक विश्वकर्माको प्रमुख आतिथ्ययता रहेको थियो । अस्पताल विकास समाजका अध्यक्ष महेन्द्र धमला,निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद वाग्ले,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा अपांगताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि, नीलकण्ठ नगरपालिका भित्रका जनप्रतिनिधि र अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।