वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,११ मंसिर । धादिङ, नुवाकोट र रसुवा बाट गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने उद्योग व्यापार सेवा र सार्वजनिक संस्थाका दुई करदाता सम्मानित भएका छन् ।
करदाता सेवा कार्यालय गल्छीले उद्योग व्यापार सेवातर्फ नुवाकोटको विदुर नगरपालिका–४ मा रहेको ओम शिवशक्ति सप्लायर्सका सञ्चालक राजेन्द्र श्रेष्ठ र सार्वजनिक संस्थातर्फ नुवाकोटको ककनी गाउँपालिका–६ मा मुख्य कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थालाई सम्मान गरेको हो ।
कर कार्यालयका प्रमुख प्रेमकुमार श्रेष्ठका अनुसार सर्वाधिक कर तिर्ने करदातालाई प्रोत्साहन र उद्योगी/प्रतिष्ठानलाई करको दायरामा ल्याउनलाई जागरुक बनाउने उद्देश्यअनुरुप राष्ट्रिय कर दिवस–२०७९ को अवसरमा तीन जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई सम्मानपत्र प्रदान गरिएको हो ।
‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारासहित यो वर्ष मनाइएको कर सप्ताह आमनिर्वाचनका कारण नियमित कार्यक्रम प्रभावित भए पनि करको दायरासम्बन्धी अन्तक्र्रिया, छलफल, कर शिक्षा प्रवाहसहित उत्कृष्ट करदातालाई सम्मान गरेर मनाइएको छ । नेपालमा विसं २०५४ मा आधुनिक करको रूपमा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याएसँगै यसलाई दिवससहित सप्ताहव्यापीरूपमा मनाउन थालिएको हो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।