नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,२६ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को आयोजनामा निर्वाचन पर्यवेक्षकका लागि धादिङबेसीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाभर १५ जना पर्यवेक्षकहरुले ६ वटा पालिकाको विभिन्न मतदान केन्द्रमा परिवेक्षण गर्नेभएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका (नियोक) अध्यक्ष शालिकराम दुवाडीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका कस्तो हुनुपर्छ ? र पर्यवेक्षकले केके कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? भन्दै जान्नु पर्ने बताउनुभयो ।
पयवेक्षकहरूलाई निष्पक्ष भएर काम नगर्दा त्यसले सिङ्गो संस्थामा नै आँच आउने कुरामा सजग गराउँदै निष्पक्ष भएर अनुगमन तथा पर्यवेक्षणको कार्य गर्न प्रशिक्षक कृष्णराज अधिकारीले आग्रह गर्नुभयो ।
पर्यवेक्षकहरूलाई कुनै पनि उम्मेदवारलाई मत माग्न र सामाजिक सञ्जालको दुरूपयोग नगर्न प्रशिक्षक ईश्वर पल्लवी मगरले आग्रह गर्नुभयो। निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि पनि मतगणना लगायतको पर्यवेक्षण गर्ने हुँदा निष्पक्ष रूपमा सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |