वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,२२ कात्तिक ।
नीलकण्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरुले आज एकसाथ ६४ वटा भित्ते पत्रिका प्रकाशित गरेका छन् ।दशै बिदाको गृहकार्यको रुपमा विद्यार्थीले बनाएका भित्ते पत्रिका आज एक साथ प्रकाशित गरिएको हो ।

भित्ते पत्रिका लेखनले विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुर्याएको शिक्षक दिपेन्द्र रिजालले बताउनुभयो ।परम्परागत शैक्षिक प्रणालीलाई सुधार्न नयाँ शैलीलाई अपनाइएको शिक्षक रिजाले बताउनुभयो ।

कक्षा ८ का विद्यार्थीले ड्रोइङ पेपरमा हातैले लेखेर विभिन्न चित्रहरुका साथै समाचार र साहित्यमूलक भित्ते पत्रिका तयार पारेका थिए ।भित्तेपत्रिकामा विद्यार्थी आफैंले सिर्जना गरेका कविता, गजल, चुट्किला, मुक्तक, सामान्य ज्ञान, समाचार लगायत प्रकाशन गरिएको थियो ।

दशैँ तिहारको गृहकार्यको रुपमा दिइएको भित्तेपात्रो लेखनलाई विद्यार्थीले समाजमा अगुवाइ गर्ने क्षमताको विकास गर्नुका साथै त्यस्तै आफूले लेखेको सृजनाहरु सार्वजनिक गराएर आत्मविश्वास जगाउने काम भएको कक्षा ८ की छात्रा प्रतिमा लम्सालले बताउनुभयो ।

बालबालिकाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्नका लागि भित्तेपत्रिका लेखनकार्यले सहयोग पुगेको शिक्षकहरुको भनाइ छ ।एकसाथ प्रकाशन गरिएको भित्तेपत्रिकाले विद्यार्थी र शिक्षकमा उत्साह थपेको छ।

मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।