तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ १८ कात्तिक । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.ले रजत वर्षको अवसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको स्थापना दिवसको अवसर बाट शुरु गरिएको सप्ताहब्यापी कार्यक्रम आज सम्पन्न भएको हो ।
संस्थाले सप्ताहब्यापी कार्यक्रमको पहिलो दिन संस्थापक सदस्यहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान, दोस्रो दिन सदस्य हेरचाह अन्तरगत संस्थाको सदस्यको मृत्युमा आश्रित परिवारलाई रु ३५००० को बीमा रकम भूक्तानी र तेस्रो दिन नीलकण्ठ १२ स्थित पशुपती महादेव मन्दिर परिसरको सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसैगरी चौथो दिन नीलकण्ठ माध्यामिक विद्यालयका २६ जना विद्यार्थीहरुलाई बाल बित्तिय साक्षरता कार्यक्रम, पाँचौ दिन रक्तदान कार्यक्रम, छैटो दिन सदस्य शिक्षा र आज सातौ दिनमा जेष्ठ नागरिकहरुलाई सम्मान गरि सप्ताहब्यापी कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाका नवनिर्वाचित अध्यक्ष रुद्रबहादुर खत्रिको अधयक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार तथा पूर्व अध्यक्षहरु, संस्थापक सदस्यहरु, उपसमिति सदस्यहरु, शेयर सदस्यहरु, कर्मचारी तथा स्थानिय स्वयंसेवीहरुको समेत सहभागीता रहेको थियो ।
सप्ताहब्यापी कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष रुद्र बहादुर खत्रिले सामाजिक कार्य तथा दिगो विकासको लक्ष्य प्राप्तिमा उत्प्रेरणा मिलेकोले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यावाद प्रकट गर्दै आगामी दिनहरुमा पनि सवै बाट सहयोगको आशा रहेको भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |