धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ १८,कात्तिक । धादिङ जिल्लाको गंगाजमुना गाउपालिका रहेको एैतिहासिक धार्मिक स्थल गंगाजमुना माईको मेला सम्पन्न भएको छ । हरिबोधनी एकादशीको अवसरमा गंगाजमुना गाउपालिका द्धारा आयोजित ब्रत मेलामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित मेला सम्पन्न भएको हो ।
मेलाको अवसरमा गंगाजमुना गाउपालिका जन्मस्थल भएका बिभिन्न राष्ट्रिय,अतराष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । गंगाजमुना माईमा पुजा आजा गरेमा आफ्नो मनोकामना पुरा हुने र माई स्थानमा रहेको कुकर धारामा नुहाए पछि रोग ब्याध नलाग्ने धार्मिक बिश्वास रहेको छ । मेलामा फुलको डोली लैजाने,बत्ति बाल्ने,परेवा उडाउने,बत्ति बाली जागाराम बस्ने,झाक्रीहरुले भाकल स्वरुप रातभरी ढ्याग्रो बजायर तपस्या गर्ने र भोली पल्ट नुहाएर एकादशी ब्रत बस्ने चलन छ ।
मेलाको अवलोकन तथा पुजा आजा गर्न धादिङ, नुवाकोट, गोरखा लगाएत देशका जिल्ला बाट उल्लेखनिय भक्तालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।
हरिबोधनी एकादशी ब्रत मेलाको अवसरमा गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा लाग्ने धार्मिक मेलाको अवसरमा गंगा जमुना गाउँपालिकाले पालिका भित्र सार्वजनिक विदा समेत दिएको थियो ।
गंगाजमुना गाउँपालिका नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा बिगत लामो समय देखि मेला तथा सांस्कृतिक कार्यक्रमहरु हुदै आएको छ

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |