कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ–२ ‘क’ बाट इन्जिनियर मोतीराम इटनी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित
धादिङ,१३ भाद्र।
पछिल्ला केही दिनदेखी हाइवे क्षेत्रका होटलहरुमा अनुगमन भैरहेका र धेरै होटलहरु जरिवानामा परेका समाचारहरु आईरहेका छन् । पछिल्लो साता विशेष गरी धादिङ जिल्लाको बेनिघाट रोराङ स्थित जोगिमारादेखी काठमाण्डौसम्म जोडिने धादिङ क्षेत्रभित्र अनुगमन भैरहेको छ र विभिन होटलहरु कारबाहीमा परिरहेका छन् ।
घरेलु कार्यालयको नेतृत्वमा भएको यस्तो प्रकृतिको अनुगमनलाई सकारात्मक रुपमा लिन सकिन्छ किनभने राजधानीसंग जोडिएको जिल्ला धादिङमा देशैभरीका नागरिकको आवत जावत हुने गर्दछ र एउटा होटल वा ठाउँ विशेषमा भएको गतिविधिले सिंगो जिल्लालाई असर गर्न सक्छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ । यसकारण पनि धादिङ जिल्लाले अन्य जिल्लाको भन्दा होटलदेखी अन्य सबै क्षेत्रमा सकारात्मक भुमिका खेल्न जरुरी छ ।
अहिले धादिङ हुँदै कामाण्डौ भित्रिने र काठमाण्डौबाट धादिङ जिल्ला हुँदै बाहिरिनेहरुले उपभोक्ताको हित विपरित भैरहेका गतिविधिहरुमाथि कस्तो खालको अनुभूती गरे ? कति मानसिहरु सुरक्षित खानाबाट बंचित भए ? वा कति नागरिकहरुले खाना तथा नास्ता गरे बापत महंगो पैसा तिरे वा कति नागरिकहरुले होटलहरुमा देखिएको नराम्रा खालका सन्देशहरु लिएर गए ?
यसले जिल्लाको सान मति बिगार्ला यसको हिसाव व्यवसायीहरुले गर्नु पर्दैन म एउटाले गरेको गतिविधि आम यात्रुहरुले नियालिरहेका छन् भन्ने कुरा किन नबुझेका ? यो गम्भिर विषय पनि हो । यसप्रति घरेलु कार्यालय, जिल्ला प्रशासनको कार्यालय र सम्वन्धित अन्य कार्यालयहरुले समयमै बुझ्नु पर्दछ ।
अन्यथा जिल्लाको सान मानमा गम्भीर खालको असर पर्न सक्छ । यसप्रति स्थानीय नागरिकले समेत आ आफ्ना भूमीकामा सहयोग गरौं ।
एउटा नागरिकले असुरक्षित खानाको उपभोग गरेको सूचना पाएपछि वा गुनासो आएपछि मात्रै हामी अनुगमनमा जाने गरेका कारण पनि केही समस्या सृजना भैरहेको छ ।
यात्रुहरु हामी एक दिन आउने त हो भैगो भन्ने र हामी स्थानीयरु यहाँ यस्तै त हो भन्ने खालको अभिव्यक्ति दिइ हिड्ने र उपभोक्ताको हित विपरित भैरहको गतिविधिमाथि कोही नबोल्दा यो समस्या नियमित रुपमा भैरहेको छ । जरिवानाका घटनाहरु दोहोरिरहनुपरेको छ यो हाम्रा व्यवसायीको लाग पनि दुःखद् पक्ष हो ।
अनुगमन गर्नेहरुले कडा भन्दा कडा कारबाही गर्ने र कम्तिमा त्रैमासिक रुपमा अनुगमन गर्ने हो भने यो समस्या केही हल हुन सक्छ । अन्यथा व्यवसायीहरुले पनि महंगो रकममा सामग्रीहरु विक्री गर्ने र वर्षमा एक पटक केही पैसा तिरिदिएपनि भैहाल्ने यस्तो खालको समस्या दोहोरिँदै जान सक्छ यसर्थ एक पटक कमजोरी गर्नेमाथि सांकेतिक कारबाहीको रुपमा केही रकम जरिवाना गर्ने हो दोस्रो तेस्रो वा धेरैपटक उपभोक्ताको हित विपरित नै काम गरिरहेकाहरुको पसल, उद्योग वा व्यवसाय शिल गर्नेदेखी व्यवसायीको प्रमाणपत्र जफतदेखी वा रद्ध सम्मको काम गर्नु पर्दछ यसरी कार्यसूची तय गरी जान सकेको खण्डमा व्यवसायी पनि सचेत हुन्छन् र यात्रुहरु पनि ढुक्कले उपभोग्य साम्रगी उपभोग गर्ने वातावरण तय हुनेछ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।