नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,१२ भाद्र ।
नेपाल तमू गुरुङ विद्यार्थी धादिङको अध्यक्षमा अनिल गुरुङ चयन भएका छन् ।
शनिबार धादिङबेशीमा सम्पन्न भएको पाचौँ अधिवेशनले अनिल गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा समितिको उपाध्यक्षमा पुष्पा गुरुङ, सचिवमा रेखबहादुर गुरुङ, कोषाध्यक्षमा मनु गुरुङ चयन भएका छन् । त्यस्तै संगठन विभाग प्रमुखमा निशान गुरुङ, महिला विभाग प्रमुखमा हरिमाया गुरुङ, शैक्षिक विभाग प्रमुखमा अमृत गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुखमा पृथ्वी गुरुङ, प्रचारप्रसार विभाग प्रमुखमा प्रशान्त गुरुङ चयन भएका छन् ।
पाचौं अधिवेशन तथा सम्मान कार्यक्रमको अवसरमा धादिङका गुरुङ वडा अध्यक्षहरु सम्मानित भएका छन् ।
सम्मानितहुने वडा अध्यक्षहरुमा निलकण्ठ नगरपालिका वडा नम्बर १ का गणेश गुरुङ, वडा नम्बर २ का ध्वजबहादुर गुरुङ, वडा नम्बर १३ का सोमबहादुर गुरुङ, ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ का कृष्णबहादुर गुरुङ, गंगाजमुना गाउँपालिका वडा नम्बर ३ का राजकुमार गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का ठाकुर गुरुङ, वडा नम्बर ४ का तिलबहादुर गुरुङ, वडा नम्बर ३ का सुरेश गुुरुङ, सिद्धलेक गाउँपालिका वडा नम्बर २ का शम्भु गुरुङ र रुविभ्याली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समिर गुरुङ गरि १० जना वडा अध्यक्षलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रिय अध्यक्ष पुकार गुरुङ र विशेष अतिथि एवं तमू गुरुङ विद्यार्थी वागमती प्रदेश प्रमुख पवन गुरुङले आफ्नो भाषा धर्म संस्कार संस्कृतिको संरक्षण विकास गरि प्रचार प्रसार गर्नुपर्ने वताउनुभयो ।नेपाल तमू गुरुङ विद्यार्थी छोंज धी धादिङका अध्यक्ष दोलख गुरुङको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा नेपाल तमू गुरुङ विद्यार्थीका केन्द्रिय अध्यक्ष पुकार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |