युवा नेतृत्वमा कांग्रेसको नयाँ पुस्ता, धादिङ–२ (क) सभापतिमा प्रकाश श्रेष्ठ
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : धादिङ–२ मा ६२ जना निर्विरोध
स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम
रिम्स नेपालको अध्यक्षमा शिवप्रसाद अधिकारी चयन
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट
यातायात व्यवसायी नेता शरद अधिकारी कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन
धादिङ,०६ भाद्र ।
जिल्ला निर्वाचन कार्यालय धादिङले मतदाता नामावलीमा त्रुटि भएको भए सच्याउन आग्रह गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तयार पारिएको मतदाता नामावलीमा त्रुटि भएको भए सच्याउन आग्रह गरिएको हो । मतदाता नामावली सच्याउने अवधि यही भाद्र १२ देखि १७ गतेसम्म निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले बताउनुभयो ।
यो अवधिमा मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, कसैले झुटो विवरण दिई मतदाता नामावली नाम समावेश गरेको भए उजुरी दिने, दोहोरो नामावली भए हटाउन निवेदन दिने, मृत्यु भएका व्यक्तिको नामावली हटाउन निवेदन दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिने व्यवस्था गरिएको निर्वाचन अधिकारी श्रेष्ठले बताउनुभयो ।
सन्तोष कुमार श्रेष्ठ आवाज
यसको लागि मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेवसाईट तथा इमेल, फ्याक्स तथा अनलाइनबाट निवेदन दिन सकिने उहाँको भनाई छ । यसअघि मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटि भएको भए सोलाई सच्याउन सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिनुपर्ने व्यवस्था थियो।
निर्वाचन अधिकारी श्रेष्ठले यस मतदाता अद्याबधिक कार्यक्रमलाई सक्रियता र सफलतापुर्वक संचालन गर्न सम्पुर्ण सरोकारवालाहरु, राजनितिक दल, मतदाता, नागरिक समाज, संचारकर्मी र स्थानिय तहका जनप्रतिनिधिहरु लगायत निर्वाचनका सबै सरोकारवालाहरुलाई अपिल गर्नुभएको छ ।
सन्तोष कुमार श्रेष्ठ आवाज
अद्यावधिकको लागि भाद्र १२ गते जिल्लाको १०४ वटै वडामा मतदाताको अन्तिम नामावली प्रकाशन गरिने श्रेष्ठले बताउनुभयो । धादिङमा गत बैशाखमा सम्पन्न भएको स्थानिय निर्वाचनमा २ लाख ६८ हजार ४७२ मतदाता रहेका थिए ।
हाल थपिएर २०७९ मंसिर ३ गते सम्म १८ बर्ष पुग्ने सहित जम्मा मतदाता २ लाख ७२ हजार १७५ (अनुमानित) रहेको र दावी विरोध कार्यक्रम पश्चात मात्रै बास्तविक मतदाता थाहा हुने जिल्ला निर्वाचन अधिकारी श्रेष्ठले बताउनुभयो ।
मतदाता नामावली अद्यावधिक भएपछि आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि मतदाताको अन्तिम नामावली भदौ ३१ गते प्रकाशन गर्ने भएको छ । सरकारले आगामी मंसीर ४ गते निर्वाचन गर्ने घोषणा गरिसकेको छ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।