रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,०२ भाद्र।
कृषि ज्ञान केन्द्र मार्फत धादिङका विभिन्न स्थानीय तहका लागि आवश्यक पर्ने रशायनिक मल उपलव्ध गराउन लागिएको विषय सामाजिक संजालमा आईरहेका छन् यदि कृषि ज्ञान केन्द्र मार्फत यस्ता किसिमका काम कारबाहीहरु सुरु हुन लागेको कुरा सत्य हो भने, यो प्रशंसनिय काम हो ।
सामाजिक संजालमा संप्रेसित सूचनाहरुलाई आधार मान्ने हो भने अहिले धादिङ जिल्लाको लागि ३६० मेट्रिक टन मल आईरहेको छ । समग्रमा भन्ने हो भने, सिंगो धादिङ जिल्लामा यति मल आउनुलाई उल्लेख्य रुपमा लिन सकिँदैन तर, यस अघिका समयसम्म कृषकहरुप्रति सरकारले उदासिनता देखाएको र कृषि पेशाप्रति चासो र चिन्ता नदेखाएको वा कृषिसंग सरोकार राख्ने कृषि ज्ञान केन्द्र, लगायतका सरोकारवालाहरु पनि उदासिन भएका जस्ता आरोपहरु लागेका थिए त्यो किसिमको कामले आगामी दिनमा समेत कृषकहरुका लागि केही न केही चासो राख्ने अवस्था सृजना हुनेमा आशावादी हुन सकिन्छ।
हुनतः कृषि पेशामा आवद्ध रहेका कृषकहरुले पहिलो सिजनमा एक प्रकारको हैरानि व्यहोरिसकेका छन् । कृषकका लागि सबैभन्दा महत्वपूर्ण खाद्धवालीको रुपमा मानिएको धानखेतीको सिजनमा अपेक्षा अनुसारको रशायनिक मल ल्याउन सकिएको छैन । कृषकले त्यसकारण पनि केही क्षति भने पक्कै व्यहोरिसकेका छन् तरपनि अहिले जुन प्रकारको कोसिस भैरहको छ यो निकै राम्रो र प्रसंसनिय काम छ ।
अहिले स्थानीय तह प्रदेश र केन्द्र तीनै तहका सरकारबाट मल भित्र्याउन काम भैरहको भए पनि गत वर्षदेखी नै एउटा किसिमको तयारी हुन नसक्दा त्यो हुन सकेन र अब हामीले जति मल भित्र्याउन सक्छौं त्यसको समान किसिमको वितरण वा उत्पादनको आधारमा वितरण गर्ने भन्ने विषयमा भने सोच्न जरुरी हुन्छ ।
जहाँ जहाँ उत्पादन धेरै हुन्छ त्यहाँ कम मल दिने र उत्पादन कम भएका ठाउँमा पनि समानुपातिक रुपमा वितरण गर्ने हो भने, त्यो किसिमको वितरण पनि बैज्ञानिक प्रकारको नहुने सक्छ । मल हाल्न पाउने कृषकको संख्यामात्रै धेरै देखाउने गरी वितरण गरियो भने त्यसमा पनि एक प्रकारको समस्या हुने भएका कारण जिल्लामा उत्पादन हुने कुल वस्तुहरुको तुलनामा कुन स्थानीय तहले कति उत्पादन गर्न सहयोग गर्छ ?
वा कुन पालिकाको योगदान कति रहने गरेको छ भन्ने विषयमा पनि मुल्याँकन गर्न जरुरी छ, जसका कारण आगामी चौमासिककै उत्पादनमा समेत यसले सकारात्मक परिणाम निकाल्नुपर्छ अन्यथा सरोकारवालाहरुले मल बाँढेको बाढ्यै गर्ने र कृषक स्तरमा पनि पछिल्लो समयलाई समेत पुग्ने गरि संचित गर्न थालिने अवस्था आयो भने त्यो पनि हाम्रा लागि विडम्बना नै हुन सक्छ यसर्थ उत्पादनका लागि तैयारी बालि बस्तुको लागि प्रयाप्त मात्रामा मल आउँछ भन्ने सन्देशका साथ वितरण कार्य चुस्त दुरुस्त र नियमित गर्न जरुरी छ । सरोकारवालाहरुको समयमै ध्यान जाओस् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |