वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
जापान,२९ साउन ।
धादिङ समाज जापानको आयोजनामा आज मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विपत्तिको समयमा प्रवासमा बसेर जिल्लालाई सहयोग गरेको भन्दै धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मुख्यमन्त्री पाण्डेले कोरोनाको महामारीमा स्वास्थ्य सामाग्री सहयोग गरेर संस्थाहरुले जिल्लालाई ठुलो गुन लगाएको बताउनुभयो । धादिङ जिल्लाको दिगो विकासमा सबैसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो।
धादिङ समाज जापानकाको अध्यक्ष दिनेश शर्मा लोहनीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख,जिल्लाको १३ वटै पालिकाका प्रमुख एवं प्रतिनिधि,अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, धादिङ समाज जापानका कार्यसमिति सदस्य लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा अन्तराष्ट्रीय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जिल्लाको विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।
परदेशी भुमिमा रहेका सम्पुर्ण धादिङबासीलाई एकीकृत गर्न विभिन्न समाजहरु गठन भएको भन्दै यसले भावनात्मक सम्बन्ध मात्रै नजोडेर जिल्लाको विकासलाई समेत टेवा पुगेको बताउनुभयो ।कार्यक्रम संयोजक श्यामहरि तिमल्सिना संस्थाको कार्ययोजना तथा प्रगती विवरण प्रस्तुत गर्नुभयको थियो। धादिङ समाज जापानका महासचिब बिमल श्रेष्ठले सहजिकरण गर्नुभएको कार्यक्रममा बोल्ने अतिथीहरुले जिल्लाको विकासको लागि सबै आ आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभएको थियो ।











मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।