Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १९, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित

वैदेशिक रोजगार तालिममा लगानी गर्नुपर्ने अर्बाैँ रकम बैंकमै थन्कियो

४९२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २२, आईतबार (३ साल अघि)
वैदेशिक रोजगार तालिममा लगानी गर्नुपर्ने अर्बाैँ रकम बैंकमै थन्कियो

काठमाडौँ,२२ साउन ।

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जानेहरुलाई सीपमूलक तालिम उपलब्ध गर्नुपर्ने व्यवस्था गरेको छ ।

विना तालिम गएकाहरुले खाडी राष्ट्र र मलेसिया पुगेपछि धेरै दुःख पाएपछि यस्तो तालिमको व्यवस्था गरिएको हो । आवश्यक सीपमूलक तालिम नपाउँदा केहीले त वैदेशिक रोगजागरीको सिलसिलामा ज्यानै समेत गुमाउने गरेका छन् ।

सीपमूलक तालिम नलिई वैदेशिक रोजगारीमा जानहरुले गन्तव्य मुलुकमा पुगेपछि अलपत्र परेको घटना दिनदिनै बाहिर आउने गर्छन् । यस्तै समस्याहरु सम्बोधन गर्न सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३(१) मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने र त्यसको लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गर्ने व्यवस्था गरेको थियो ।

तर, उक्त ऐनको कार्यान्वयन राम्रोसँग हुन सकेको छैन । कामदारहरुलाई विना सीपमूलक तालिम वैदेशिक रोजगारीमा पठाउने गरिएको छ । वैदेशिक रोजगारीमा जानुअघि तालिम दिनलाई समेत छुट्टयाइएको ५ अर्ब ३५ करोड रुपैयाँ लामो सयमदेखि बैंक खातामा थन्किएर बसेको छ।

महालेखापरीक्षकको कार्यालयले केही दिनअघि सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा समेत वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम नदिइएको कुरालाई गम्भिरताका साथ उठाइएको छ ।

‘वैदेशिक रोजगारमा जाने कामदारमध्ये ०.४३ प्रतिशतले मात्र सीपमूलक तालिम लिएका छन् । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको तालिमसमेतमा उपयोग गर्नुपर्ने ५ अर्ब ३५ करोड रुपैयाँ मुद्दती खातामा निस्क्रिय राखेको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्मको तीन वर्षको अवधिमा १० लाख ४४ हजार नेपाली कामदार वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देश पुगेका छन् । यीमध्ये ४ हजार ८१८ जनालाई मात्र सीपमूलक तालिम प्रदान गरिएको थियो । अर्थात ०.४३ प्रतिशतले मात्र उक्त तालिम लिएको देखिन्छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ लाख ९ हजार वैदेशिक रोजगारीमा जाँदा ११० जना, २०७६/७७ मा ३ लाख ६८ हजार वैदेशिक रोजगारीमा जाँदा १ हजार ११८ र २०७७/७८ मा १ लाख ६७ हजार वैदेशिक रोजगारीमा जाँदा ३ हजार २९० जनाले मात्र सीपमूलक तालिम प्राप्त गरेका थिए ।

‘सीपमूलक तालिम लिई दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाई विप्रेषण लगायत अन्य लाभ अभिवृद्धिका लागि कोषको रकम परिचालन गर्नु उपयुक्त हुने देखिन्छ,’ महालेखापरीक्षकको  कार्यालयले भनेको छ ।

वैदेशिक रोजगारीमा जानेहरु दक्ष भएका कारण सीपमूलक तालिम नदिइएको होइन । यसलाई कार्यन्वयन गर्ने नियका वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागको उदासिनताको कारण यस्तो भएको हो ।

विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेमध्ये २ लाख ८५ हजार ४४५ जना कामदार अदक्ष रहेका थिए । अर्थात उनीहरुसँग कुनै सीप थिएन । आर्थिक वर्ष २०७७/७८ मा यस्तो संख्या १ लाख ६६ हजार ६९८ रहेको छ ।

प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये आधाभन्दा बढी अदक्ष कामदार हुने गरेका छन्, जसलाई जानुअघि सीपमूलक तालिमको आवश्यकता सबैभन्दा बढी हुनेगर्छ ।

वैदेशिक रोजगारीमा जानेहरुको लागि सीपमूलक तालिम दिन वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ ल्याइएको थियो । कार्यविधमिा एक महिना, एक महिनाभन्दा बढी, तीन महिनाभन्दा कम र तीन महिनाभन्दा बढीको गरी चाल प्रकारको सीपमूलक तामिलको व्यवस्था गरिएको छ ।

सीपमूलक तालिम लिनेहरुलाई मात्र वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने कुरा कार्यविधिमा उल्लेख छ । तर वैदेशिक रोजगारीमा जानेहरु अधिकांश यस्तो तालिम नलिनेहरु छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

  • धादिङका चार पत्रकार सम्मानित

    धादिङका चार पत्रकार सम्मानित

  • प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

    प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

  • समाचार
    नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेत्रावती डबजोङमा नेकपाको २५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङ महोत्सवमा भोली (माघ २० गते) अर्जुन सापकोटा सहित चर्चित कलाकारहरू आउने

    धादिङका चार पत्रकार सम्मानित

    धादिङका चार पत्रकार सम्मानित

    प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

    प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0