धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
काठमाडौँ, १८ साउन
यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटेको भन्दै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्नुभएको हो ।
“कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा समायोजन नहुनु दुःखको कुरा हो,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक सवारी साधनको कर, बैंकको व्याज, रुट इजाजत दस्तुर, जाँचपास बीमा, सवारी साधनका इन्जिनको मूल्य अत्यधिक बढ्दा यातायात व्यवसायीहरु ठूलो मारमा परेको बताउनुभयो । “अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा तत्काल समायोजन हुनुपर्छ”, उहाँले भन्नुभयो ।
महासङ्घले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातले सहुलियत दिएबापत नेपाल सरकारले यातायात व्यवसायीलाई कर, रुट इजाजत, जाँचपासमा विगतका दिनमा ६० प्रतिशत सहुलियत दिँदै आएकामा हाल उक्त सुविधा कटौती भएको भन्दै उक्त सुविधालाई निरन्तरता दिन माग गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |