नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,१६ साउन।
विद्यालयमा नर्स कार्यक्रम थप २५ स्थानीय तहमा विस्तार हुने भएको छ । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देशले सुरू भएको विद्यालय नर्स कार्यक्रम थप २५ स्थानीय तहमाविस्तार हुने भएको हो ।
चालु आर्थिक वर्षमा देशका विभिन्न २५ स्थानीय तहका विद्यालयमा नर्स राख्ने कार्यक्रम लागू हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार यो वर्ष २५ वटा स्थानीय तहका २३२ विद्यालयमा नर्स नियुक्त हुनेछन् ।
मन्त्रालयका अनुसार बागमती प्रदेश र प्रदेश १ का धेरै विद्यालयमा यसअघि नै विद्यालय नर्स कार्यक्रम सञ्चालनमा आइसकेको छ । यो वर्ष मधेश प्रदेशका ४ वटा स्थानीय तहका ३८ विद्यालय, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालय, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७०, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालय र प्रदेशको १ को एक स्थानीय तहको १० वटा विद्यालयमा यस वर्ष वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |