धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए ।
उहाँका अनुसार आइतबार बिहान ८ः१३ बजे खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि करिब दुई वर्षअघि सोलुखुम्बु केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता चार रेक्टर स्केल आसपासका भूकम्प र पराकम्पन बारम्बार गइरहेका थिए । खोटाङमा गएको भूकम्पका कारण ठूलो क्षति नभएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चारवटा पक्की घर भूकम्पको धक्काका कारण सामान्य रूपमा चर्किएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।
नयाँ भूकम्प जाने क्रम बढ्यो
पछिल्लो समय पराकम्पनभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । त्यो भूकम्प १९९० सालपछिको हालसम्मकै ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ ।
वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार कुनै क्षेत्रमा भूकम्प गइसकेपछि आउने जाने त्योभन्दा साना धक्का पराकम्पन हुन्छन् तर त्यही क्षेत्रमा अघिल्लोभन्दा ठूलो धक्का आएमा त्यो फेरि भूकम्प मानिन्छ । पराकम्पनको क्रम तीन÷चार वर्षसम्म चल्न सक्छ । त्यसपछि भने फेरि भूकम्प आउन सक्छ ।
२०७२ यता गोरखा भूकम्पका पराकम्पन धक्का बढी गइरहेका थिए । पछिल्लो समय भने पराकम्पनको लहर घट्दै नयाँ भूकम्पका धक्का बढी जान थालेको पाइएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।
वरिष्ठ भूकम्पविद् अधिकारीले भने, “ठूला म्याग्निच्युडका वास्तविक भूकम्प गएपछि त्यसको पराकम्पन केही समयसम्म आउने–जाने क्रम चल्छ, सँगै नयाँ भूकम्प पनि गइरहन्छ ।” उनका अनुसार नेपालको भौगोलिक अवस्थामा पहाड र हिमाल बढिरहेकाले भूकम्पको जोखिम उच्च छ । नेपालको पश्चिमी भेगमा भूकम्प जाने सम्भावना तीव्र रहेको अनुमान गरिँदै गर्दा पूर्वी भेगमा आइतबार ठूलो भूकम्प गएको उनले बताए ।
यो वर्ष सुरु भएयता १३ वटा भूकम्पमध्ये चारवटा पराकम्पन रहेको केन्द्रले जनाएको छ । बाँकी नौवटा नयाँ भूकम्प हुन् । जसमा वैशाख ६ गते बझाङ र २१ गते जुम्लामा ४.१–४.१ रेक्टर स्केलका दुईवटा नयाँ भूकम्प गए ।-गाेरखापत्र दैनिक
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |