Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ २, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • सिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदानसिलवालद्धारा जन्मदिनको अवसरमा मालपोत कार्यालय धादिङलाई ह्विल चियर प्रदान
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

एक अर्कालाई ‘साइज’मा ल्याउने प्रयत्नमा गठबन्धनका दलहरु

३३२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ९, सोमबार (२ साल अघि)
एक अर्कालाई ‘साइज’मा ल्याउने प्रयत्नमा गठबन्धनका दलहरु

निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा सत्तारुढ दलहरुले एक अर्कालाई ‘साइज’ मा ल्याउने प्रयत्न गरिरहेका छन् ।

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट आगामी पाँच वर्ष आफ्नो नेतृत्वमा गठबन्धनका दलहरुको साथमा सरकार बनाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका अन्य दलहरु झस्किएका छन् र उनीहरुले पनि आफूहरुलाई ‘सम्मानजनक’ सीट नदिए छुट्टै मोर्चाबन्दी गर्ने चेतावनी मात्र दिएका छैनन् त्यसका लागि कसरत गरेको देखाइरहेका छन् ।

गत स्थानीय तहको निर्वाचनको मत परिणाममा सन्तोष व्यक्त गरेको कांग्रेसले केन्द्रीय समिति बैठकले गरेको निर्णयमा भनिएको छ- बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनबाट स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्वोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग सम्वाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।

त्यस्तै अर्को निर्णयमा भनिएको छ- यसरी गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँचवर्ष स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आम निर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनुपर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।

त्यसमाथि कांग्रेसको बैठकमा गृहमन्त्रीमार्फत एक्ला एक्लै लड्दा नेकपा माओवादी र समाजवादीको अत्यन्तै न्यून स्थानमा सीट आकलन गरिएको सरकारी रिपोर्ट पेस गरिएको नेताहरुले बताएका छन् । एकीकृत समाजवादीले १ र माओवादी केन्द्रले ७ वा ८ स्थानमा मात्र जित निकाल्न सक्ने भन्दै डाटा प्रस्तुत गरेर कांग्रसले ती दलहरुलाई कमजोर देखाइदिएको छ । जसमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले असन्तुष्टि नै जनाएका छन् ।

सरकारी डाटा भन्दै समाचारहरु सार्वजनिक भएपछि एक कार्यक्रममा नेपालले सीट संख्यालाई अत्यन्त कम देखाएर आफूहरुको मानमर्दन गर्न खोजेको बताएका छन् ।

कांग्रेसले सहयात्री दलहरुलाई कस्दै आफूलाई बलियो शक्तिको रुपमा देखाउने प्रयत्न गरिरहँदा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतले सत्ता गठबन्धनभित्रको अर्को गठबन्धनको तयारी गरेको सन्देश कांग्रेसलाई दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी एकता वा समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहको बताएका छन् । त्यसका लागि तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच केही चरणमा छलफल भइरहेको छ । तर यसबारे औपचारिक टुंगो लाग्न बाँकी रहेको नेताहरुको भनाइ छ ।

‘बाबुरामजी, माधवजी र उपेन्द्र यादवसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ’ शनिबार जनकपुर पुगेका प्रचण्डले भनेका थिए, ‘त्यसमा वामदेवजी पनि मिसिनुभएको छ। औपचारिक रुपमा कुनै टुंगोमा पुगेको छैन ।’

त्यस्तो वामपन्थी गठबन्धन र मोर्चाबन्दी गरेर कांग्रेसलाई मात्र होइन नेकपा एमालेलाई पनि ‘धक्का’ दिने पक्षमा प्रचण्ड र माधव नेपाल रहेका छन् । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताएका छन् । ‘…एकता अभियान । यो फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ । यो त्यति सफल हुँदैन,’ ओलीले भनेका थिए ।

चुनावसम्ममा सत्ता गठबन्धन टुट्ने उनको दाबी छ । ‘सबैले भन्छन्, यो गठबन्धन तोडौं । तर मैले भने होइन, यो गठबन्धन आफैं टुट्छ । किनभने यो स्वार्थका लागि बनेको गठबन्धन हो । यो समयक्रममा आफैं टुट्छ,’ उनले भने ।

तर सत्ता गठबन्धनका दलहरु भने चुनावसम्म मात्र होइन सत्ता गठबन्धन पाँच वर्ष कायम रहने दाबी गर्छन् । गठबन्धन भए पनि कांग्रेसले आफूहरुलाई प्रयोग गर्न खोजेको एकीकृत समाजवादीका अध्यक्ष नेपालको तर्क छ । ओलीकै कारण कांग्रेससँग गठबन्धनमा जानुपर्ने बाध्यता आइपरेको भए पनि अहिले कांग्रेसमा पनि ओलीको जस्तै अहंकार बढ्दै गएकाले सडकमा पुग्ने अवस्था नल्याउन कांग्रेसलाई उनले अनुरोध गरेका छन् ।

उनले आफ्नो दल अब पूर्ण रुपमा गठबन्धनको भर नपर्ने दाबी गरेका छन् र कांग्रेसलाई एक्लै भए पनि चुनावमा जाने चुनौती पेस गरेका छन् । अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताउँदै आफ्नै बलमा निर्वाचन लड्ने चेतावनी दिइरहेका छन् । उता माओवादी केन्द्रमा पनि कांग्रेसले गठबन्धनको नाममा आफूहरुलाई पेलिरहेको नेताहरुले बताइरहेका छन् ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा कांग्रेसको निरन्तरको बलजफ्ती स्वीकार्य हुन नसक्ने चेतावनी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

    धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

  • बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

  • समाचार
    धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

    धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    बेनिघाट रोराङ पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0