Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ २१, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

बागमती प्रदेशले निर्माण गरिरहेका शीतभण्डार भदौबाट सञ्चालनमा आउने

नीलकण्ठ एफ.एम ९८६ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ७, शनिबार (३ साल अघि)
बागमती प्रदेशले निर्माण गरिरहेका शीतभण्डार भदौबाट सञ्चालनमा आउने

हेटौैँडा, ७ साउन

कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । उक्त शीतभण्डारमध्ये दुई महिनादेखि एउटा सञ्चालन भइसकेको र आठ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मेसिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो सातामा नै सञ्चालनमा ल्याइने बताइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा सरोज पाण्डेका अनुसार सरकारले रु ९७ करोड ८३ लाख ६३ हजार लागतमा प्रदेशका १० वटा शीतभण्डार निर्माण सुरु भएको र अब नुवाकोटका दुईबाहेक अन्य सबैमा मेसिन जडान भइरहेको छ ।

सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीतभण्डार निर्माणको काम अघि बढाएको उहाँले जनाउनुभयो । मन्त्रालयले १० वटै शीतभण्डार निर्माणबापत रु ६५ करोड ४८ लाख ६० हजार निर्माण कम्पनीलाई भुक्तानीसमेत दिइसकेको सचिव पाण्डेको भनाइ रहेको छ ।

चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ–७, रसुवाको कालिका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसङ्खुपाखर–७ र इन्द्रावती, दोलखाको जिरी–५, रामेछापको मन्थली, शीतभण्डारको भौतिक निर्माण करिब अन्तिम क्षणमा पुगेको जनाउँदै सचिव पाण्डेले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा भने ६५ प्रतिशत मात्र काम भएकाले उक्त शीतभण्डार भने छ महिनाभित्र सञ्चालन गरिने बताउनुभयो ।

प्रदेश सरकारले अधिकांश शीतभण्डारको निर्माणका लागि दुई वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ मा नै हस्तान्तरण हुनुपर्ने थियो । मन्त्रालयले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा पाँच हजार मेट्रिक टन क्षमताका शीतभण्डार निर्माणका लागि ५० प्रतिशत र साझेदार संस्था तथा निजी कम्पनीको ५० प्रतिशत लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

विदुरमा कूल रु १९ करोड ८५ लाख ८१ हजार र बेलकोटगढीमा रु २० करोड ३९ लाख ६८ हजार लागतमा शीतभण्डार निर्माण ठेक्का सम्झौता भएको थियो तर कोरोना महामारीका कारण काम रोक्किएर निर्माण सम्पन्न हुन दुई वर्ष ढिला भएको मन्त्रालयका सचिव पाण्डेले प्रष्ट्याउनुभयो।

दुई वर्षसम्म कोरोनाका कारण ठेकेदार कम्पनीले काम गर्न नपाएको विवरणमा उल्लेख भएको जनाउँदै उहाँले अब भने केही दिनमा नै सञ्चालनमा ल्याइने बताउनुभयो । मन्त्रालयका अनुसार खैरहनी–६ मा साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा २०७५ साल चैत १३ मा शीतभण्डार निर्माण सम्झौता गरेर काम सुरु गरेकामा हालसम्म करिब ९५ प्रतिशत सम्पन्न भएको छ ।

एक हजार ५०० मेट्रिक टन क्षमताको यस शीतभण्डार निर्माणका लागि रु १२ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म रु ११ करोड ५२ लाख भुक्तानी भइसकेको छ । बेनीघाट रोराङमा एक हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थासँग साझेदारी भएको छ ।

मन्त्रालयले रु १२ करोड ८३ लाख ७० हजार लागतमा सम्झौता गरेकामा हालसम्म रु १० करोड ९८ लाख ६४ हजार भुक्तानी दिएको छ । हालसम्म ९५ प्रतिशत काम सकिएको दाबी गरिएको छ । सिन्धुपाल्चोककै इन्द्रावतीमा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गर्न रु पाँच करोड ३५ लाख ४९ हजार लागतमा ठेक्का सम्झौता भएको हो ।

उक्त शीतभण्डारको ९४ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ । रामेछापको मन्थलीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कूल रु पाँच करोड ३० लाख ९५ हजारमा ठेक्का सम्झौता भएको थियो । त्यसैगरी सिन्धुलीको सुनकोसी–५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण कार्य ९६ प्रतिशत सम्पन्न भएको छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखर–७ मा गोल्मुथान कृषि सहकारीसँगको साझेदारीमा शीतभण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो । पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कूल रु पाँच करोड ३५ लाख लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो । हालसम्म ९५ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ ।

दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्थासँगको साझेदारीमा रु पाँच करोड ३७ लाख लागतमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सुरु भए पनि हालसम्म ९४ प्रतिशत काम सकिएको बताइएको छ ।

रसुवाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३०० मेट्रिक टन क्षमताको शीतभण्डारमा अन्तिम कार्य भइरहेको बताइएको छ ।

केही शीतभण्डारमा मेसिनसमेत जडान भएर बत्तीको मिटरमात्र जडान बाँकी भएको मन्त्रालयले जनाएको छ । तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण सुरु गरेका १० वटै शीतभण्डारमध्ये अब नुवकोटका दुई वटाको मात्र करिब ३५ प्रतिशत काम बाँकी रहेको मन्त्रालयले जनाएको छ । कोरोना महामारीका बाबजुत पनि काम सकेर सञ्चालनमा ल्याउने तयारीमा रहेका शीतभण्डार मन्त्रालयको सफलता भएको जनाइएको छ ।(रासस)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

  • जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

  • समाचार
    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    नेत्रावती डवजोङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    जनस्वास्थ्य कार्यालय धादिङको बार्षिक समिक्षा : स्वास्थ्य सेवाको पहुँचमा विस्तार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0