धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
धादिङ,०४ साउन।
नेपाली राहदानी (पासपोर्ट) विश्वभरको पासपोर्ट वरीयताको सूचीमा कमजोर सूचीमा परेको छ ।
हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ६ औं स्थानमा देखिएको छ ।पहुँचको आधारमा १ सय १२ वरीयतामा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १ सय ६ औं स्थानमा परेको छ ।
यसअनुसार वरीयताको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको मुलुक हो । नेपाल रहेको १ सय ६ औं स्थानमा प्यालेस्टाइन पनि छ ।नेपालको पासपोर्टले ३८ वटा मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने रिपोर्टमा उल्लेख छ ।
नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।विश्वभरिका देशहरूको पासपोर्टको तुलना गरेर सार्वजनिक गरिएको रिपोर्टमा पुच्छरमा अफगानिस्तान रहेको छ ।सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको छ ।
जसले १ सय ९३ मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउँछ ।जापानसहित सिङ्गापुर, साउथ कोरिया, जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली, लक्जम्बर्ग, अष्ट्रेयिा, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन सबैभन्दा शक्तिशाली पासपोर्ट भएको मुलुकको अग्रस्थानमा छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |