नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,०३ साउन।
धादिङ सहित देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जना पक्राउ परेका छन् । धादिङ, काठमाडौं, कैलाली, उदयपुर, कास्की, बर्दिया र पर्साबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट सोही गाउँपालिका–८ बस्ने ४० वर्षीय होम बहादुर तामाङलाई ४ किलोग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ । गजुरी गाउँपालिका–६ गौरीभञ्ज्याङबाट सोही गाउँपालिका–८ पर्बाङ बस्ने २८ वर्षीय तुलाराम तामाङलाई ४ किलोग्राम गाँजासहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरी र अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
काठमाडौंको दक्षिणकाली नगरपालिका–५ बाट अवैध लागूऔषधसहित एक जना आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी बिजबानी–९ पिएस जितना बिजबानी पूर्वी चम्पारण बिहार बस्ने १९ वर्षीय प्रभु राम छन् । उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ८९ एम्पुल, फेनारगन ३ सय ६९ एम्पुल र नुफिन ३ सय ९० एम्पुल बरामद गरेको छ ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८७९ नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरिएको हो ।
कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१० बस्ने २५ वर्षीय बशन्त डगौरा रहेका छन् ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना चोकबाट ४ किलो ३ सय ग्राम गाँजासहित बेलका नगरपालिका–६ बस्ने ३५ वर्षीय बिनेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
रामपुरबाट फतेपुरतर्फ जाँदै गरेको स.३ प ३६०३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–१७ विरौटाबाट करिब ६ सय ग्राम गाँजा सहित स्याङ्जा पुतलीबजार नगरपालिका–४ बस्ने २० वर्षीय सन्दिप थापा लगायत २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
ग.१० प २२२४ नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरिएको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट ३ ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित बाँसगढी नगरपालिका–३ बस्ने २६ वर्षीय उमेश खत्री लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नहद १० हजार १ सय २० रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैयाबाट करिब १ किलोग्राम चरेशसहित सोही स्थान बस्ने ६५ वर्षीया सुनैना साह लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
सिमा प्रहरी चौकी छप्कैया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सुनैना साहको घरको ट्वाईलेटको ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |