काठमाण्डौ,०१ साउन।
मनसुन ‘ब्रेक’ हुँदा देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ । यसले गर्दा देशभर नै गर्मी बढेको छ ।
मनसुनको न्यून चापीय रेखा औसतभन्दा बढी दक्षिण क्षेत्र अर्थात भारततर्फ सरेका कारण मनसुन ब्रेक भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। आज पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिए पनि ठूलो वर्षा र झरी पर्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।
उहाँका अनुसार यस्तो बेला खासै पानी पर्दैन । पानी नपर्दा तापक्रम बढेको छ। आज, भोलि र पर्सि मौसम यस्तै रहने तर पर्सि रातिदेखि भने पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सिरातिदेखि केही दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |