धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,३१ असार ।
धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नै लोगो र नगर गाना बनाउने भएको छ । लोगो र नगर गाना रचना गरी पेश गर्नको लागि ईच्छुक व्यक्ती,संस्था,डिजाईनर,कलाकार,रचनाकारहरुलाई नगरपालिकाले आग्रह गरेको छ ।
असार ५ गते नगर कार्यपालिकाको बैठकले लोगो र नगर गाना बनाउने निर्णय गरे अनुसार नगरपालिकामा पेश गर्ने समय अब ४ दिन बाँकि रहेको छ ।नगरपालिकाको ऐतिहासिक,भौगोलिक,प्राकृतिक,सांस्कृतिक तथा विशिष्ट मौलिक विशेषता झल्कने लोगो निर्माण को साथै नीलकण्ठ नगर पालिकाको पहिचान झल्कने नगर गाना बनाउन लागिएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले जानकारी दिनुभयोे ।
त्यसको लागि जिल्लाबासी तथा जिल्ला बाहिरबाट पनि लोगो र रचना पेश गर्न सकिने छ ।नीलकण्ठ नगरपालिकाका शाखा अधिकृत लोकनाथ उपाध्यायको अनुसार अहिले सम्म २/३ वटा लोगो र रचना गाना नगरपालिकामा पेश भएको छ ।
लोगो र राष्ट्रिय गानाको लागि अझै धेरै पेश होस भन्ने हामिले अपेक्षा गरेका छौँ उपाध्यायले भन्नुभयो,“धेरै बाट थोरै छान्न पाए उत्कृष्ट हुन्छ, व्यक्ती,संस्था,डिजाईनर,कलाकार र रचनाकारहरुलाई हामि आग्रह गर्छौँ,अब ४ दिन बाँकि छ पेश गर्नुहोला ।”
नगरको पहिचान सँगै नगरबासीमा जोस,जाँगर र उत्साह भर्ने खालको बढीमा ५० शब्द सम्मको नगर गाना हुनुपर्ने नगरपालिकाले जानकारी दिएको छ । छनौट भएका लोगो डिजाईनर र नगर गाना रचनाकारलाई जनही २०/२० हजार र कदर पत्रबाट पुरस्कृत गरीने शाखा अधिकृत उपाध्यायले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |