धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
काठमाडौँ,१९ असार ।
नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले पदाधिकारी टुंगो लगाउन र स्थानीय चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न जोडतोडले आवाज उठेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले यस्तो रिपोर्टिङ गरेका हुन् ।
बैठकमा बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले तत्काल पदाधिकारी चयनका साथै स्थायी कमिटी, पोलिटब्युरो लगायत गठन गरिनुपर्नेमा जोड दिए । ‘यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौं । यो भद्रगोल अवस्था नराखौं ।’ उनले भने । साथै उनले माओवादी पार्टी भावुक भएको टिप्पणी गर्दै योग्यता नभएका नेताहरु पनि केन्द्रीय समिति सदस्य बन्ने अवस्था आएको बताए ।
त्यस्तै, बैठकमा बोल्दै मधेस प्रदेश नेता गणेश शाहले नेताहरुबीचको विवादका कारण गएको स्थानीय चुनावमा अन्तर्घात भएको र अन्तर्घातीलाई कारबाही गर्नुपर्ने बताए । उनले भने ‘पार्टीभित्र मनमुटाव तथा अन्तरसंघर्ष निकै बढ्यो जस्तो लाग्यो । चुनावको बेला हाम्रो मधेसमा अप्रत्याशित पराजय भयो ।’ उनले भने ‘यसबारे के गर्नुहुन्छ केन्द्रीय समितिले निर्णय गरोस् । अनुशासन समिति पनि गठन होस् । अनुशासन समितिको सिफारिसअनुसार कारबाही पनि होस् ।’
पार्टीले मधेसको आर्थिक, सामाजिक मुद्दाका विषयमा पनि छलफल गर्दै जनमत बटुल्नुपर्नेमा उनले जोड दिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |