Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

सम्पादकीय :– विकल्प सहितको सोंच बनाउ

नीलकण्ठ एफ.एम ४४४६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १९, आईतबार (४ साल अघि)
सम्पादकीय :– विकल्प सहितको सोंच बनाउ

धादिङ,१९ असार ।

सडक पेटिमा बसेर आफ्नो गुजारा चलाईरहेका केही नागरिकमाथि काठमाण्डौ महानगरपालिकाले ज्यादती गरेको भनि सामाजिक संजाल तातिरहेको छ ।

काठमाण्डौ महानगरपालिकाले केही दिन अघिदेखी नै सडक पेटीमा बसेर व्यापार व्यवसाय संचालन नगर्न आग्रह गर्दै आएको थियो तर, विगत लामो समयदेखी सडक पेटीमा व्यापार व्यवसाय संचालन गर्ने नागरिकहरुलाई प्रहरी नै लगाएर काठमाण्डौ महानगरपालिकाले उठाउने र सडक पेटीमा व्यापार गरिरहेकाहरुको सामाग्रीहरु जफत गर्ने कार्य गरेको प्रति महानगरपालिकाको आलोचना बढेको हो ।

केही दिनअघिसम्म काठमाण्डौ महामनगरपालिकाका मेयर बालेन्द्र शाह वाही वाही थिए भने अहिले आलोचनाको घेरामा परिरहेका छन् । हुनत बालेन्द्र शाहले गरेका काम बेठिक छैन भन्न खोजेको हैन तर, सडक पेटीमा जो जसले व्यापार लगायतका कामहरु गरिरहेका छन् उनीहरुको व्यवस्थापनको पक्षलाई ध्यान नदिई एकै पटक उठाइएको प्रति सामाजिक संजालमा आलोचनाका विषय बढ्दै गैरहेको छ ।

पछिल्लो समय काठमाण्डौ महानगरपालिका लगायतका देशभरका ठूला शहरहरुमा बेरोजगारीहरुको संख्या ह्वातै बढेको अनुमान लगाईएको छ । राज्यले नागरिकलाई आवश्यक पर्ने सेवा सुविधाहरु सिर्जना गर्न नसक्दा नागरिकको दैनिक आम्दानीको स्रोतहरु बन्द भएका छन् र नागरिकहरु दैनिकी गुजाराका लागि सडकमा पुग्ने र त्यो क्रम बढीरहेको छ भन्ने कुरा बालेन्द्र लगायत उनका सहयोगीहरुले बुझेका छन् कि छैनन् ? सडकमा बसेकाहरुलाई जसरी हुन्छ निकालेर पठाउने र सडक सफा बनाउने मात्रै नीति लिएका हुन भने त्यो व्यवहारतः सम्भव छ कि छै्रन ? यो उनले सोचेका होलान् त ?

कि उनले गल्ती गर्दै जाँदा उनी प्राविधिक फाँटबाट मात्रै आएकाले व्यवस्थापकीय पक्षमा ज्ञान नभएको भन्दै आम नागरिकले मानिरहलान् ? पक्कै पनि काठमाण्डौबासीले यो बालेन्द्र शाहको गल्ती हो भन्ने बुझे भने उनका लागि यो भन्दा अभिसाप अरु केही हुन सक्दैन । आगामी दिनमा समते म विकल्प दिनसक्छु भनेर अगाडि कोही बढिहाले भने उनीहरुले समेत क्षति व्यहोर्नुपनेर््ं हुन्छ यसर्थ मेयर बालेन्द्र लगायतका उनका नीजि सचिवालय र सल्लाहकारसम्मले यस्ता विषयमा कुरा बझ्नु जरुरी छ ।

सडकमा बसेर व्यपार गरेरै जिविकोपार्जन गर्नु हुँदैन उचित स्थानमा बस्नुपर्छ भन्ने आम नागरिकहरुको विचारमा बालेन्द्र शाहको मत मिल्ला तर, सडकमा जो जो छन् उनीहरुलाई विकल्प सहित सडकबाट उठाउन सकेको खण्डमा निकै राम्रो सन्देश जानेछ । काठमाण्डौका आदिवासी समुदाय भन्दा भिन्न परिवेशमा हुर्किएका बालेन्द्रले आम नागरिकहरु समान हुन् भनेर सोच्नु जरुरी छ ।

आम नागरिकहरुले अहिले बालेन्द्रले ठीकै गरेका हुन् भन्ने हिसावले बुझेर काम गरे भने उनी आगामी नयाँ कार्याकालमा नयाँ स्थान, सहित संसदीय राजनीतिक यात्रामा समेत त्यहि ठाउँबाट प्रतिनिधित्व गर्न सक्छन् यसर्थ अहिले जस जसका मन दुखेको छ उनीहरुको व्यवस्थापनका कुराहरुमा उनले ध्यान देउन् ।

सडकमा रहेकाहरुलाई सकेसम्म घर भाडामा बस्ने वातावरण बनाउन् नसके महानगरपालिकाकै क्षत्राधिकारभित्र रहेका सार्वजनिक वा अन्य प्रकारका महानगरको स्वामित्वका संरचनाहरु छन् तिनीहरुमै भए पनि सुपर मार्केट खोल्ने, वा सामान्य प्रकारको राजश्व लिएर उनीहरुको व्यवस्थापन गर्नेतिर लाग्दा उनको कामप्रति नागरिकहरुको सदभाव बढ्नेछ, ममता थपिनेछ र उनले गर्न खोजेका हरेक खालका नयाँ विकल्पहरुमा नागरिकको साथ र सहयोगहरु हुनेछन् यसर्थ सडकमा रहेकाहरुलाई निर्विकल्प हटाउने मात्रै नभई उचित खालको व्यवस्थापन गर्दै अगाडि बढौं यसले आम नागरिकहरुसंगै महानगरको नेतृत्वप्रतिको विश्वास समेत बढेर जान्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

    सुरक्षित मातृत्व: नीति र यथार्थबीचको खाडल

  • कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

    कर्मचारीलाई राहत, एनआरएन लगानीलाई सङ्केत र महँगीको सम्भावित दबाब

  • सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

    सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति

  • एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

    एल्गोरिदमको ‘अदृश्य डोको’: जहाँ हाम्रा विवेक सस्तोमा बिक्री भइरहेछ ।

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0