धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१४ असार ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पुशपति सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
“वृक्षारोपण गरि हरियाली कायम गरौं ” भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय धादिङको आयोजना तथा पुशपति सामुदायिक वा उपभोक्ता समुह, पुशपति मन्दिर व्यवस्थापन समिति, पुशपति टोल विकास संस्था र वडा नम्बर १२ को समन्वय र सहकार्यमा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आथित्यतामा उक्त क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा डिभिजन वन कार्यालय धादिङका डिभिजनल बन अधिकृत अजय बिक्रम मानन्धरले वृक्षारोपणले बजार क्षेत्रको सौन्दर्यता बढाउनुका साथै अक्सिजन समेत प्रदान गर्ने हुनाले दिवसको अवसर पारेर मात्रै नभई हरेक समयमा वृक्षारोपण गर्नु आवश्यक रहेको बताउनुभयो ।
बृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो ।









निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |