वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
धादिङ,०८ असार ।
धादिङको नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुको लागि आयोजित एक दिने मानसिक स्वास्थ्य तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ।मानसिक स्वास्थ्य तथा परामर्श सम्बन्धी जनप्रतिनिधिहरुलाई जानकारी गराउने र आगामी नीति तथा कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी विषयबस्तु कसरी समेट्ने भन्ने विषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरीएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले जानकारी दिनुभयो।
नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुख लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मनोचिकित्सक भरत गौतमले मानसिक स्वास्थ्य तथा परामर्श भनेको के हो, मानसिक रोगको वर्तमान अवस्था, यसले ल्याउने चुनौती, आत्महत्या रोकथामको लागि स्थानीय तहले खेल्नुपर्ने भुमिका, मानसिक समस्याले परिवार, समाज र देशलाई पर्ने असर लगायत आगामी नीति तथा कार्यक्रममा मानसिक स्वास्थ्यका सवालहरु कसरी सम्बोधन गर्ने भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।
नागरिकहरुको मानसिक स्वास्थ्य तथा शारीरिक स्वास्थ्य क्षेत्रमा नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै आगामी दिनहरुमा मानसिक स्वास्थ्य क्षेत्रमा नगरपालिकाको विविध कार्यक्रम सन्चालन गर्ने बताउनुभयो। जनप्रतिनिधि र कर्मचारीहरुलाई मानसिक स्वास्थ्य तथा परामर्शको विषयमा जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य निरिक्षक शिव रानाले जानकारी दिनुभयो ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।