नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
काठमाडौं, ६ असार।
सेयर बजारप्रतिको कठोर सरकारी नीतिका कारण सेयर बजार परिसूचक १९ महिना यताकै तल्लो बिन्दुमा झरेको छ । सोमबार सूचक एक हजार ९०० बिन्दुमुनी झरेको हो । यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो ।
सोमबार कारोबार खुला भएदेखि नै घट्न थालेको नेप्से एक घण्टा अवधिमा नै १ हजार ९०० बिन्दुमुनि झरेको हो । निरन्तरको गिरावटका कारण मार्जिन कल र अझै घट्ने आंकलनका साथ लगानीकर्ताले सेयर बिक्री गरेपछि बजार थप प्यानिक भएको हो ।
कारोबारको १ घण्टा अवधिमा नेप्से ३९.८१ अंकले घटेर १८९४.३१ बिन्दुमा झरेको छ । २०१ कम्पनीका सात लाख ४१ हजार कित्ता सेयर २४ करोड ८६ लाख रुपैयाँमा खरीद बिक्री भएको छ ।
यसअवधिमा कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे बनेका छन् । फाइनान्स र जलविद्युत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ । यसअवधिमा हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै एक करोड ७२ लाखको सेयर कारोबारमा आएको छ । एनसीसी बैंक, नबिल बैंक र अरुण काबेली पावरको शीर्ष तीन ठूलो कारोबार भएको छ ।
तारागाउँ रेजिन्सी होटलको सेयरमूल्य ३.७४ प्रतिशतले बढेर ३३३ रुपैयाँ पुगेको छ । आधिँखोला, सिंगटी हाइड्रोपावरको सेयरमूल्य पनि सामान्य बढेको छ । रिभर फल्स पावरको सेयरमूल्यमा सोमबार पनि नकारात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयरमूल्य घटेर २२२.३० रुपैयाँमा झरेको छ । तेह्रथुम पावर, सिद्धार्थ इन्सयोरेन्स र लिवर्टी इनर्जी लिमिटेडका सेयरधनीले ८ प्रतिशत हाराहारीमा गुमाएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |