Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ९, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

नागरिकतामा एमाले-माओवादी : नेकपाकालीन निर्णयमा अडिग

७७५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (३ साल अघि)
नागरिकतामा एमाले-माओवादी : नेकपाकालीन निर्णयमा अडिग

काठमाडौं, ३ असार
सरकारले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाउने तयारी गरेको छ । तर, नागरिकता विधेयकमा रहेका विवादित विषयमा भने सत्तारुढ दलभित्रै समझदारी बनेको छैन ।

नागरिकतासम्बन्धी विधेयकमा दलबीचमा रहेको मुख्य असमझदाीको विषय हो – वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधान । यही विषयमा दलहरू एकमत नहुँदा २०७५ साउन २२ संसदमा आएको यो विधेयक अझै पारित हुन सकेको छैन ।

विधेयकमा सुरुमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह भएलगत्तै नागरिकता प्राप्त गर्न सक्ने तर, ६ महिनाभित्र विदेशी नागरिकता वा कुनै राष्ट्रिय परिचयपत्र लिएको भए त्यसलाई त्यागेको निस्सा पेश गर्नुपर्ने प्रावधान राखिएको थियो ।

तर, यो विषय प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेपछि फरक ढंगले छलफल अगाडि बढ्यो । राज्य व्यवस्था समितिले ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था बहुमतले पारित गरेर विधेयकको प्रतिवेदन संसदमा पेश गरिसकेको छ ।

खासगरी तत्कालीन नेकपा अर्थात हालका एमाले र माओवादी केन्द्रका सांसदहरुले नेपालको भौगोलिक अवस्था र दुई ठूला छिमेकी देशलाई ख्याल गरेर ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने पक्षमा वकालत गरेका थिए ।

त्यसबेला छिमेकी भारतमा समेत विवाह गरेर निरन्तर बसोबास गरेको ७ वर्षपछि मात्रै नागरिकता पाउने व्यवस्था रहेकाले नेपालमा पनि सोही अनुरुपको व्यवस्था गर्नु उपयुक्त हुने एमाले/माओवादी सांसदहरुले तर्क गरेका थिए । यही प्रावधान राखेर राज्य व्यवस्था समितिले नागरिकता विधेयकको प्रतिवेदन समितिबाट पारित गर्दा कांग्रेस, जसपा, लोसपा र मधेश केन्द्रित नेताहरुले फरक मत राखेका थिए ।

अहिले कांग्रेस विगतमा आफैंले फरक मत राखेको वैवाहिक अंगीकृतको ७ वर्षे प्रावधान हटाएर नागरिकता विधेयक पास गर्न चाहन्छ । तर, सत्ता साझेदार दलहरुका बीचमा समेत कुरा मिलेको छैन ।

माओवादी केन्द्रकी सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य रेखा शर्मा आफुहरु राज्य व्यवस्था समितिबाट पारित भएको विधेयक जस्ताको तस्तै पारित हुनुपर्ने पक्षमा रहेको बताउँछिन् । अर्थात, वैवाहिक अंगीकृत नागरिकलाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने निर्णयमा माओवादी केन्द्र अडिग रहेको उनको जवाफ रहेको छ ।

नेकपा एमाले पनि वैवाहिक अंगीकृतलाई ७ वर्ष पछि मात्रै नागरिकता दिने व्यवस्थाको पक्षमा छ । एमालेका सांसद विजय सुब्बा भन्छन्, ‘७ वर्षे प्रावधान राखेर राज्य व्यवस्था समितिले पारित गरेको थियो । त्यसबेला तत्कालिन नेकपाको सचिवालय बैठकबाटै ७ बर्षे प्रावधान राख्ने निर्णय भएको थियो ।’

कस्तो छ गृहकार्य ? 
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकको विषयमा सरोकारवाला पक्ष र राजनीतिक दलका नेताहरुसँग निरन्तर छलफल गरिहेका छन् । उनको सचिवाललयका अनुसार खाणले मन्त्री भएपछि ११ पटक भन्दा बढी औपचारिक छलफल गरिसके । अनौपचारिक छलफललाई पनि उनले उत्तिकै प्राथमिकतामा राखेका छन् ।

मन्त्री खाणले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी, कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, महान्यायाधिवक्ता खम्मबहादुर खाती लगायतसँग नागरिकता विधेयकका विषयमा अनौपचारिक छलफल गरिरहेका छन् ।

‘बाबु र आमा दुबै नेपाली भएर पनि सन्तानले ऐनको अभावमा नागरिकता पाइरहेका छैनन् । अध्ययन, रोजगारी, दैनिकीमा असर परेको विषयमा सरकार गम्भीर छ । त्यही गम्भीरता संसदमा पनि छ, यसकारण नागरिकता ऐन चाँडै पास हुने वातावरण बन्छ भन्ने विश्वास छ’ कानुनमन्त्री गोविन्द बन्दी भन्छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार नागरिकता विधेयकलाई संसदमा छलफलमा लैजाने गरी छलफल केन्द्रित भएका छन् । दलबीच सहमति जुटाएर प्रतिनिधिसभाको जारी अधिवेशनबाटै नागरिकता विधेयक पारित गर्ने तयारीका सन्दर्भमा छलफल निरन्तर जारी रहेको उनले जानकारी दिए ।

यसअघि कानुनमन्त्री बन्दी र गृहमन्त्री खाँणले नागरिकता विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा,सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव  लगायतसँग पटक–पटक छलफल गरिसकेका छन् । गृहमन्त्री खाणले पटक–पटक सबै दलका प्रमुख सचेतकसँग पनि छलफल गरेका छन् ।

नागरिकता विधेयकमा जति सक्दो छिटो पारित गराउन सक्दो पहल गरिरहेको स्वमं मन्त्री खाण बताउँछन् । संविधान अनुसार नागरिकता पाउनुपर्नेले नपाएको बर्षौं भएकाले त्यस्तो समस्या जतिसक्दो छिटो समाधान गर्ने हेतुले आफूले नागरिकता विधेयकमा सर्वदलीय सर्वपक्षीय छलफललाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

कानुनमन्त्री बन्दी अब प्रतिनिधिसभामा नागरिकतासम्बन्धी विधेयकमाथि छलफल चलाउने बताउँछन् । ‘सर्वसम्मति हुने विषयलाई सम्बोधन गरेर जाउँ भन्ने सरकारको चाहना छ । बाँकी निर्णय संसदले नै गर्छ’ उनले भने ।

संघीय संसद सचिवालय पनि बजेट पारित भएपछि कुन–कुन विधेयक अगाडि बढाउने भनेर सरकार तयारी गरेर ल्याउने बताउँछ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संसदले पनि नागरिकता लगायतका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्ने महसुस गरेको छ । उनी भन्छन्, ‘नागरिकता जस्तो संविधान कार्यान्वयन र नागरिकता नपाएकाहरुको दैनिकीसँग जोडिएको विषयलाई सरकारले प्राथमिकतामा राख्छ होला । त्यसो भयो भने सचिवालयले समन्वयको भूमिका खेल्ने हो खेलिहाल्छ ।’

कानुनमन्त्री बन्दी पनि प्रतिनिधिसभाबाट सहमतिका साथ छिटो नागरिकता विधेयक पारित गर्न सके राष्ट्रिय सभाले छोटो छलफलबाटै पारित गर्न सक्ने बताउँछन् ।  ‘बाबु र आमा दुबै नेपाली भएर पनि सन्तानले ऐनको अभावमा नागरिकता पाइरहेका छैनन् । अध्ययनमा, रोजगारीमा, दैनिकीमा असर परेको विषयमा सरकार गम्भीर छ । त्यही गम्भीरता संसदमा पनि छ’ मन्त्री बन्दी भन्छन्, ‘यसकारण नागरिकता ऐन चाँडै पास हुने वातावरण बन्छ भन्ने विश्वास छ ।’

प्रधानमन्त्रीको विश्वास 
नागरिकता विधेयकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि चासो रँदै आएका छन् । उनले बजेट लगत्तै नागरिकता विधेयक पारित हुने बताउँदै आएका छन् ।
पछिल्ले समय गत आइतबार जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले ढिलोमा एक सातामा नागरिकता प्रतिनिधिसभाबाट विधेयक पारित हुने आश्वासन दिएका छन् ।

‘एक साताभित्र नागरिकतासम्बन्धी विधेयक टुंगो लगाउँछु । ढिलोमा एक साता हो,’ प्रधानमन्त्री देउवाको भनाइ उदृत गर्दै यादवले भने, ‘यो मेरो आश्वासन होइन, ठोकुवा हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

    नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

  • नीलकण्ठ १२ स्थित पशुपति माविमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

    नीलकण्ठ १२ स्थित पशुपति माविमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

  • वैदेशिक रोजगारीलाइ सुरक्षित र व्यवस्थित बनाउन सिद्धलेकमा अभिमुखीकरण कार्यक्रम

    वैदेशिक रोजगारीलाइ सुरक्षित र व्यवस्थित बनाउन सिद्धलेकमा अभिमुखीकरण कार्यक्रम

  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

  • समाचार
    नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

    नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

    नीलकण्ठ १२ स्थित पशुपति माविमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

    नीलकण्ठ १२ स्थित पशुपति माविमा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

    वैदेशिक रोजगारीलाइ सुरक्षित र व्यवस्थित बनाउन सिद्धलेकमा अभिमुखीकरण कार्यक्रम

    वैदेशिक रोजगारीलाइ सुरक्षित र व्यवस्थित बनाउन सिद्धलेकमा अभिमुखीकरण कार्यक्रम

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0