नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,०२ असार ।
धादिङबेशीमा रहेको बाल मन्दिर माध्यमिक बिद्यालयमा अध्यय्नरत बिद्यार्थीहरुको निशुल्क रक्त समूह परिक्षण गरिएको छ ।
बिहिबार सामाजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङको आयोजना तथा बाल मन्दिर माध्यमिक विद्यालय र युवा रेडक्रस सर्कल बाल मन्दिर माविको सह–आयोजनामा भएको शिविरमा बिद्यालयका २८८ विद्यार्थीहरुको रक्त समूह परिक्षण गरिएको सामाजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङका महासचिव नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
ल्याव टेक्निसियन पवित्रा लम्साल र वुद्व कुमारी तामाङले सहजिकरण गर्नुभएको रक्त समूह परिक्षण शिविरमा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । शिविर शुक्रबार पनि चल्नेछ ।
यसअघि विश्व रक्तदाता दिवस २०२२ को अबसरमा निलकण्ठ माध्यमिक विद्यालय, निलकण्ठ बहुमुखी क्यामपस र बाल मन्दिर माध्यमिक विद्यालयमा शिक्षक विद्यार्थीहरुको रक्त समुह परिक्षण गरिएको श्रेष्ठले बताउनुभयो।
नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखा सभापति नारायण प्रसाद तिमल्सिनाले विद्यार्थी परिचय पत्र कार्डमा रक्त समूह समावेश गर्दा विपत्तिको समयमा रगत उपलब्ध गराउन सहज हुने भन्दै यो अभियानलाई निरन्तरता दिन पहल गर्ने बताउनुभएको छ ।




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |