काठमाडौं, ०२ असार
नेकपा एकीकृत समाजवादीले बजेट पास भए लगत्तै मन्त्री फिर्ताको निर्णय कार्यान्वयन गर्ने भएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरेको हो ।
स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने सचिवालयको निर्णयलाई स्थायी कमिटीले अनुमोदन गरेको जानकारी दिए ।
असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटी बैठक तथा १३ गते केन्द्रीय परिषद् बैठक बोलाउने निर्णय बैठकले गरेको उनले जानकारी दिए ।
अहिलेको पाँच दलीय गठबन्धनलाई आगामी चुनावसम्म लैजान सम्पूर्ण प्रयत्न गर्ने निर्णयसमेत बैठकले गरेको उनले जानकारी दिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |