नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
काठमाडौं, ३० जेठ
पछिल्ला केही महिनायता निरन्तर ओरालो लागेको सेयर बजारले यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता पाएकाे छ । कारोबारको पहिलो दिन सोमबार कारोबारमा आएका २३० कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य घटेको छ।
साेमबार नेप्स दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबार नेप्से १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा अडिएको छ। यस्तै सेन्सेटिभ पनि २.३० अंकले घटेको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये सबैजसो उपसमूहको घटेका छन्। नेप्सेका अनुसार फाइनान्स, होटल एण्ड टुरिजम, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन तथा निर्जीव बिमा १ प्रतिशतभन्दा धेरैले घटेका छन्।
यस्तै वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, म्यूचुअल फन्ड, अन्य र बजार उपसमुह ०.२२ प्रतिशत भन्दा बढिले घटेका छन्।
यसरी सेयर बजार घट्नुको कारण तरलता अभाव र सरकारको व्यवास्था रहेको जानकारहरु बताउँछन्। बजार घटेको समयमा पनि तरलता अभावका कारण बैंकबाट पैसा नपाउनाले खरिदकर्ता बजारमा आउन नसकेको उनीहरूको तर्क छ।
७ जेठ बुधबार दुई हजार बिन्दुको परीक्षण गरेलगत्तै बाउन्सब्याक लिएको नेप्से एकैदिन ६० अंकको वृद्धि भएर बन्द भयो। बिहीबार कारोबार समयमा नै परिसूचक २१०० बिन्दुमा पुगिसकेको थियो। तर, बिहीबार २१ सयलाई पार गरेलगत्तै बिक्रेताको सक्रिय प्रदर्शनी बजारमा देखिएको थियो। २१ सय कट्ने बित्तिकै सामान्य नाफा बुक गरेर लगानीकर्ता बाहिरिएका थिए।
बुधबारयता कारोबारी तीन दिन मात्र नेप्से ४८ अंकले घटिसकेको छ। साेमबार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार बढीको कारोबार भएको छ।
कारोबारमा आएका कम्पनीमध्ये बलेफि हाइड्रोपावर लिमिटेड र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत नाफा कमाएका छन्।
यस्तै मानुषी लघुवित्त, एनएमबी ५०, ओरियन्टल होटल र बुद्ध भूमी नेपालका लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत भन्दा धेरै गुमाउका छन्।
यस्तै आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ९ करोड बढीको कारोबार भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |